कीवर्डहरू -

ब्लु टिकको लागि पैसा तिरेका प्रयोगकर्ता मात्रै अब ट्वीटरको फर यू फिडमा देखिने

ब्लु टिकको लागि पैसा तिरेका प्रयोगकर्ता मात्रै अब ट्वीटरको फर यू फिडमा देखिने

ब्लु टिकको लागि पैसा तिरेका प्रयोगकर्ता मात्रै अब ट्वीटरको फर यू फिडमा देखिने भएका छन् । ट्वीटरले चाँडैनै फर यू फिडमा ट्वीटर ब्लु सब्सक्राइबरहरुको मात्रै सुझाव दिने तयारी गरेको हो ।

अप्रिल १५ देखि फर यू फिडका लागि भेरिफाइ अकाउन्टकै ट्वीटहरुलाई बढी प्राथमिकता दिइनेछ । एआइ बटलाई नियन्त्रण गर्नका लागि यस्तो कदम चालिएको ट्वीटरका सिइओ एलन मस्क बताउँछन् ।

यतिभन्दै गर्दा पनि एआइ बटले पनि पैसा तिरेर भने ट्वीटर ब्लुमा सब्सक्राइब गर्न सक्नेछन् तर ती एआइ बटले कुनै मान्छेको नक्कल भने गर्नु भएको हुँदैन् ।