कीवर्डहरू -

शैक्षिक जानकारी दिन शिक्षा मन्त्रालयले सञ्चालनमा ल्यायो ‘एजुकेसनल इन्फर्मेसन’ एप

शैक्षिक जानकारी दिन शिक्षा मन्त्रालयले सञ्चालनमा ल्यायो ‘एजुकेसनल इन्फर्मेसन’ एप

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सूचना तथा तथ्याङ्क हरेक व्यक्तिको पहुँचमा पुर्याउने उद्देश्यले ‘एजुकेसनल इन्फर्नेसन’ मोबाइल एप सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

शैक्षिक सूचनाहरू सङ्ग्रहित रहने एजुकेसन इन्फर्मेसन एप र वार्षिक बजेट तथा कार्यक्रमसँग सम्बन्धित प्रगति विवरण अनलाइनबाट सङ्कलन गर्न सक्नेगरी विकास गरिएको अनुगमन सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याउने निर्णय मन्त्रालयले गरेको हो ।

मन्त्रालयले विकास गरेको शैक्षिक सूचनाहरू सङ्ग्रहित रहने एजुकेसनल इन्फर्मेसन एप एन्ड्रोइड मोबाइलहरूमा डाउनलोड गरी प्रयोग गर्न सकिनेछ । यो एपबाट शैक्षिक तथ्याङ्क तथा शिक्षासँग सम्बन्धित जानकारीहरू प्राप्त गर्न सकिनेछ ।

त्यसैगरी बजेट तथा अनुगमन सफ्टवेयर तत्काललाई परीक्षणको रूपमा प्रयोगमा ल्याई आगामी आर्थिक वर्षको बजेट कार्यान्व जनसँगै आगामी साउन १ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको छ ।

यसबाट हाल प्रतिवेदन प्रणालीमा देखिएको समस्या समाधान गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहले आ आफ्नो युजरनेम र पासवर्ड राखेर कार्यक्रम अपलोड गर्न र उक्त कार्यक्रमका सम्बन्धमा भएको प्रगति विवरण भर्न सक्नेछन् ।

यो सफ्टवेयरको प्रयोगले शिक्षा प्रशासनमा विद्युतीय सुशासनलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।