कीवर्डहरू -

सबै प्रयोगकर्ताका लागि उपलब्ध हुँदै स्न्यापच्याटको माई एआई च्याटबट

सबै प्रयोगकर्ताका लागि उपलब्ध हुँदै स्न्यापच्याटको माई एआई च्याटबट

स्नापच्याटले च्याटजीपीटीद्वारा पावर गरिएको माइ एआई सेवा सबै प्रयोगकर्ताका लागि सार्वजनिक गर्ने भएको छ । यो फिचर अहिले स्न्यापच्याट प्लस सब्सक्राइबरका लागि मात्रै उपलब्ध रहेको थियो ।

तर अब यो इन एप च्याटबट विश्वव्यापी रुपमा सार्वजनिक हुने कम्पनीले जनाएको छ । यस च्याटबटले स्नापम्यापको आधारमा रेष्टुरेन्ट तथा अरु क्रियाकलापहरु गर्ने ठाँउ कता छ भनेर खोज्न दिन्छ । तपाईलाई कुन अगुमेन्टेड लेन्सले सुहाउँछ भनेर पनि माई एआईले सुझाव दिने गर्दछ ।

प्रयोगकर्ताहरुले यस एआईलाई ग्रुप च्याटमा जोडेर कुराकानी समेत गर्न सक्छन् । सिमित प्रयोगकर्ताले यो च्याटबट पाएपनि यो प्रयोगकर्ता माझ एकदमै चर्चित रहेको छ । स्न्यापच्याटबाट दैनिक २० लाख च्याट म्यासेजहरू आदानप्रदान हुने गर्दछन् ।

धेरैले मनपराय पनि माई एआईको बारेमा थुप्रै आलोचनाहरु पनि आएका छन् किनभने यसले किशोरकिशोरीहरुलाई अभद्र र अनैतिक कुराकानी तथा सुझाव दिएको थियो । यो चलाउँदा रमाइलो भएकाले धेरैले माई एआई चलाउन थालेका हुन् ।