कीवर्डहरू -

अब एकैपटक एउटै ह्वाटसएप अकाउन्ट धेरैओटा डिभाइसमा चलाउन सकिने

अब एकैपटक एउटै ह्वाटसएप अकाउन्ट धेरैओटा डिभाइसमा चलाउन सकिने

अब अर्को फोन अर्थात् सेकेन्डरी फोनमा पनि ह्वाट्सएप अकाउन्ट चलाउने सुविधा चाँडै सुरु हुन लागेको छ । धेरै पटक प्रयोगकर्ताहरूले मुख्य ह्वाट्सएप अकाउन्ट अन्य कुनै फोनमा पनि चलाउन सकियोस्, भन्ने चाहने गर्दछन् किनकि धेरै व्यक्तिहरूले दुईवटा फोन राख्ने गर्दछन् र दुबैमा एउटै ह्वाट्सएप अकाउन्ट प्रयोग गर्न चाहन्छन् ।

प्रयोगकर्ताको यो समस्या छिट्टै अन्त्य हुँदैछ । कम्पनीले आगामी दिनमा सबै प्रयोगकर्ताका लागि धेरै ओटा डिभाइसमा एउटै ह्वाट्सएप अकाउन्ट चलाउन सक्ने सुविधा उपलब्ध गराउने भएको छ ।

ह्वाट्सएप प्रयोगकर्ताहरूले लामो समयदेखि कम्पनीलाई धेरै उपकरणहरूमा एउटै खाता चलाउन अनुमति दिन अनुरोध गर्दै आएका छन् । यसलाई ध्यानमा राख्दै, अब मेसेजिङ एपले चाँडै यो सुविधा रोल आउट गर्ने तयारी गरेको छ, त्यसपछि तपाईले आफ्नो एउटै खाता धेरै डिभाइसहरूमा चलाउन सक्नुहुनेछ ।

कम्पनीले एक ब्लग पोस्ट मार्फत यसको जानकारी सार्वजनिक गरेको हो । प्रयोगकर्ताहरूले सुरक्षामा सम्झौता नगरी चाँडै आफ्नो सन्देश, फोटो, भिडियोहरू अन्य उपकरणहरूमा पनि पहुँच गर्न सक्षम हुनेछन् ।

तपाईले आफ्नो एउटै खाता चार फरक स्मार्टफोनमा प्रयोग गर्न सक्नुहुनेछ । प्राथमिक अकाउन्ट प्रमाणीकरणकालागि मात्र प्रयोग गरिनेछ । ह्वाट्सएपको वेब भर्सन प्रयोग गर्नका लागि जसरी क्यूआर कोड स्क्यान गर्नुपर्ने हुन्छ, त्यसैगरी अन्य स्मार्टफोनमा पनि अकाउन्ट खोल्न सकिने कम्पनीले जनाएको छ । यसका लागि कम्पनीले ओटिपीमा आधारित प्रमाणीकरण प्रणाली पनि तयार गरिरहेको जनाएको छ ।

यदि प्राइमरी फोन केही समयको लागि निष्क्रिय भएमा अन्य डिभाइसबाट ह्वाट्सएप अकाउन्ट स्वतः साइन आउट हुने कम्पनीले जनाएको छ ।