कीवर्डहरू -

ह्वाट्सएपमा उपलब्ध भयो पासवर्ड रिमाइन्डर फिचर

ह्वाट्सएपमा उपलब्ध भयो पासवर्ड रिमाइन्डर फिचर

लोकप्रिय च्याटिङ प्लेटफर्म ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ सुविधाहरू रोलआउट गर्न द्रुत रूपमा काम गरिरहेको छ ।

कम्पनीले प्लेटफर्ममा प्रयोगकर्ता एकसपेरियेन्सलाई सुधार गर्दै हरेक समस्याको समाधान प्रदान गरिरहेको छ । केही दिन अगाडि च्याट लक सुविधा र मेसेज एडिट फिचर रोलआउट भएको ह्वाट्सएपमा नयाँ सुविधा पासवर्ड रिमाइन्डर फिचर पनि सार्वजनिक भएको छ । वाबेटाइनफोको रिपोर्टमा च्याटिङ एपको नयाँ फिचरको बारेमा जानकारी दिइएको हो ।

ह्वाट्सएपको पासवर्ड रिमाइन्डर सुविधा के हो ?

च्याटिङ एपमा प्रयोगकर्ताहरूले सुरक्षा र गोपनीयताका लागि एन्ड–टु–इन्ड इन्क्रिप्शनको सुविधा पाउँछन् । यस फिचर अन्तर्गत प्रयोगकर्ताले पासवर्डमार्फत च्याटिङ एपमा गोपनीयता कायम राख्न सक्नेछन् ।

एकै समयमा, धेरै पटक प्रयोगकर्ताले आफैले सेट गरेको पासवर्ड याद गर्न कठिनाइको सामना गर्ने गर्दछन् र यहीको लागि पासवर्ड रिमाइण्डर फिचर सार्वजनिक गरिएको हो ।

धेरै प्रयोगकर्ताहरूलाई पासवर्ड सम्झन समस्या हुने भएकाले यो सुविधा ल्याएपछि ह्वाट्सएपको ठूलो प्रयोगकर्ता समूहले च्याट सुरक्षा र ब्याकअपका लागि पासवर्ड सेट गर्न सक्ने विश्वास गरिन्छ ।