शनिबार, २० जेठ, २०८०
Saturday, 03 June, 2023

आइएमई पेमार्फत एयरलाइन्सको टिकट काट्दा क्यासब्याक पाइने

 “आइएमई पे” मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब रु १२५+  क्यासब्याक पाउने भएका छन् । 

आइएमई पे मार्फत टिकेट काट्ने ग्राहकवर्गले एयरलाइन्स कम्पनी बमोजिमको रु ७५ वा त्यो भन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको ‘BONUS’ नामक प्रोमोकोड प्रयोगमा थप रु ५० गरि कम्तिमा रु १२५+ वा सो भन्दा बढी क्यासब्याक पाउन सक्ने कम्पनीले जनाएको छ । 

उक्त प्रोमोकोड जेठ ७ देखि असार ६, २०८० सम्म प्रत्येक ग्राहकले एक पटक मात्र प्रयोग गर्न पाउने पनि कम्पनीको भनाइ छ ।

 

सम्बन्धित समाचार