कीवर्डहरू -

स्न्यापच्याटको माई एआईः गिफ्टदेखि घुम्ने योजना बनाउनसम्म सघाउने

स्न्यापच्याटको माई एआईः गिफ्टदेखि घुम्ने योजना बनाउनसम्म सघाउने

लोकप्रिय इन्स्ट्यान्ट मेसेजिङ एप स्न्यापच्याटले भर्खरै आफ्ना प्रयोगकर्ताहरूका लागि प्रमुख अपडेट जारी गरेको छ । कम्पनीले चाँडै नै विश्वभरका प्रयोगकर्ताका लागि आफ्नो एआई च्याटबोट ल्याउन लागेको जनाएको छ ।

स्नापच्याटको एआइ च्याटबट माइ एआइ च्याटबोट रोलआउटको प्रक्रियामा छ । यो सुविधा विभिन्न देशहरूमा स्न्यापच्याट प्रयोगकर्ताहरूका लागि रोल आउट भइरहेको छ । धेरै प्रयोगकर्ताले यो प्राप्त पनि गरिसकेका छन् ।

यदि तपाइँ पनि स्नापच्याट प्रयोग गर्नुहुन्छ भने, यो खबरले तपाइको मन खुसी बनाउन सक्छ  । तपाईले आफ्नो स्मार्टफोनमा स्नापच्याटमा माइ एआइ च्याटबोट प्रयोग गर्न सक्नुहुन्छ ।

यो फिचर एक प्रयोगात्मक एआई संचालित च्याटबोट हो, जुन विशेष गरी स्न्यापच्याटका प्रयोगकर्ताहरूका लागि ल्याइएको हो ।

माई एआईका सुविधा

स्नापच्याटको माइ एआइ च्याटबोट धेरै तरिकामा प्रयोगकर्ताहरूका लागि विशेष मानिन्छ । यस सुविधाको मद्दतले, प्रयोगकर्ताहरूले स्न्याप म्याप र लेन्सहरूमा सुझाव प्राप्त गर्न, बर्थडे गिफ्ट आइडिया, ट्रिप प्लान गर्न र अन्य धेरै कुराहरू गर्न सक्षम हुनेछन् ।

स्नापच्याट प्रयोगकर्ताहरूले माइ एआइलाई आफ्नै रोजाइको निकनेम पनि दिन सक्छन् । यसबाहेक, प्रयोगकर्ताहरूले आफ्नो च्याटका लागि आफ्नो मनपर्ने वालपेपर पनि चयन गर्न सक्छन् ।

वास्तवमा स्नापच्याटको माइ एआइ च्याटबोटको लोकप्रिय च्याटबोट च्याटजीपीटी को सुविधाहरूले सुसज्जित छ । यो हजारौं बिटमोजी विविधताहरूसँग आउँछ ।

एप प्रयोगकर्ताहरूले एआइका लागि आफ्नै कस्टम बिटमोजी डिजाइन गर्न सक्छन् । साथै, प्रयोगकर्ताहरूले स्न्यापहरू पठाउन र च्याट जवाफहरू प्राप्त गर्न माई एआई प्रयोग गर्न सक्छन् ।