कीवर्डहरू -

यूजरनेमबाटै अब ह्वाट्सएपमा प्रयोगकर्तालाई जोड्न सकिने

यूजरनेमबाटै अब ह्वाट्सएपमा प्रयोगकर्तालाई जोड्न सकिने

ह्वाट्सएपमा अब फोन नम्बर बिना नै यूजरनेम प्रयोग गरेर नयाँ प्रयोगकर्ता जोड्न सकिने भएको छ । ह्वाट्सएपले ‍एन्ड्रोइड एपमा बेटा प्रोग्राम मार्फत २.२३.५.१२ भर्सनमा यस्तो सुविधा थप गरेको हो ।

यसले गर्दा कुनै ग्रुपमा जाँदा कुन सेभ नगरेको कन्ट्याक्ट को हो भनेर भ्रमित हुनुपर्ने छैन् । ग्रुप च्याटका लागि अब फोन नम्बरसहित कुनै नाम पनि राख्न सकिन्छ, जसले गर्दा नम्बर सेभ नगरेर पनि प्रयोगकर्ताले ग्रुप च्याटमा सञ्चार गर्न सक्नेछन् ।

यसले गर्दा धेरै ओटा ग्रुपहरुमा जोडिएका ह्वाट्सएप प्रयोगकर्तालाई सहज हुनेछ । च्याटमा भएका सबैको नाम सेभ गरिरहनुपर्दैन् ।

यो फिचर ठूल्ठूला ग्रुप च्याटका लागि एकदमै उपयोगी हुनेछ । आइओएसमा पनि केही बेटा टेस्टरहरुका लागि यो फिचर उपलब्ध भएको छ ।

यो सुविधा अहिले बेटा प्रयोगकर्ताका लागि मात्रै उपलब्ध भएको छ । सबैले प्रयोग गर्न भने केही समय लाग्ने छ ।