कीवर्डहरू -

ह्वाट्सएपमा स्क्रीन शेयर गर्न सकिने फिचर आउँदै

ह्वाट्सएपमा स्क्रीन शेयर गर्न सकिने फिचर आउँदै

अब ह्वाट्सएपमा स्क्रीन शेयर गर्न सकिने फिचर समेत आउने भएको छ । यो फिचरले ह्वाट्सएपका प्रयोगकर्ताहरूलाई अन्य प्रयोगकर्ताहरूसँग आफ्नो स्क्रिन सेयर गर्न सजिलो हुनेछ ।

स्क्रिन शेयरिङ फिचर अहिले ह्वाट्सएपको बेला भर्सनमा उपलब्ध रहेको छ । यो अपडेटले गर्दा प्रयोगकर्ताले भिडियो कलको समयमा स्क्रिन सेयर गर्न सक्नेछन् ।

स्क्रिन सेयरिङको यो विकल्प भिडियो कल गर्दा मात्र प्रयोग गर्न सकिन्छ । भिडियो कल गर्दा स्क्रिनको तल्लो भागमा स्क्रिन सेयरिङ अप्सन देखा पर्नेछ । यो स्क्रिन कल कन्ट्रोल भ्यूमा उपलब्ध छ । यहाँ प्रयोगकर्ताले कल म्युट गर्ने अप्सन पनि पाउनेछन् ।

यस बाहेक क्यामेरा रोटेट र स्क्रिन सेयरिङको साथमा कल एण्ड गर्ने अप्सन पनि हुनेछ ।  प्रयोगकर्ताले स्क्रिन सेयरिङ अन गर्ने बित्तिकै, स्क्रिन रेकर्डिङ सुरु हुनेछ र अन्य सहभागीहरूसँग आफ्नो स्क्रमिा रहेको करा सेयर गर्न सकिनेछ ।

नयाँ सुविधा प्रयोग गर्न एन्ड्रोइडको नयाँ संस्करण हुनु आवश्यक छ । यसका साथै भिडियो कलका सबै सहभागीहरूसँग एन्ड्रोइडको नयाँ संस्करण पनि हुनु पर्छ । यो सुविधाले ठूला ग्रुप  कलहरूमा काम गर्दैन् ।

अन्य सुविधाहरूको बारेमा कुरा गर्दा, ह्वाट्सएपमा नेभिगेसन बार पनि परिवर्तन भइरहेको छ । यस बारमा च्याट, कल, कम्युनिटी र स्टेटस पनि हेर्न सकिनेछ ।

कम्पनीले प्रयोगकर्ताहरूका लागि स्क्रिन सेयरिङ र ट्याबको प्लेसमेन्टसम्बन्धी नेभिगेसन बारमा अपडेटहरू सार्वजनिक गर्न लागेको छ ।