कीवर्डहरू -

२४ घण्टाभन्दा लामो समयसम्म स्टोरी राख्न मिल्ने फिचरमा काम गर्दै ह्वाट्सएप

२४ घण्टाभन्दा लामो समयसम्म स्टोरी राख्न मिल्ने फिचरमा काम गर्दै ह्वाट्सएप

मेटाको लोकप्रिय च्याटिङ एप ह्वाट्सएपमा कलिङ, भिडियो कलिङ, पेमेन्टलगायतका सुविधासँगै आउँदै गर्दा प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखी नयाँ–नयाँ सुविधाहरू थपिएका छन् ।

व्यक्तिगत अकाउन्ट बाहेक, ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताहरूलाई बिजनेश अकाउन्टको सुविधा पनि प्रदान गर्दछ ।
वास्तवमा ह्वाट्सएपले बिजनेश अकाउन्ट प्रयोग गर्ने प्रयोगकर्ताहरूका लागि स्टेटस अर्काइभ सुविधा ल्याएको छ ।

नयाँ सुविधा प्रयोगकर्ताहरूको लागि बिजनेश टूल्सको रूपमा थपिएको छ । यो सुविधा ह्वाट्सएप प्रयोगकर्ताहरूलाई उनीहरूको पुरानो स्टेटस अपडेटहरू फेरि साझा गर्न ल्याइएको हो ।

ह्वाट्सएपमा २४ घण्टाका लागि मात्रै स्टेटस सेयर गर्न सक्ने फिचर रहेको छ । अब २४ घण्टा भन्दा बढ समयका लागि स्टोरी सेयर गर्न मिल्ने फिचर ह्वाट्सएपले ल्याउन लागेको छ ।

२४ घण्टामा केही महत्त्वपूर्ण स्टेटस अपडेटको जानकारी अधिकतम संख्यासम्म पुग्न नसकेकाले यो नयाँ फिचर ल्याउन लागिएको हो । नयाँ फिचरको सहयोगमा प्रयोगकर्ताले पुरानो स्टेटस लामोसमयसम्म राख्ने सुविधा पाउँने छन् ।

ह्वाट्सएपमा नयाँ फिचर ह्वाट्सएप बिजनेस एन्ड्रोइडका बेटा टेस्टरहरूका लागि मात्र रोल आउट गरिएको छ । आगामी हप्ताहरूमा यो सुविधा अन्य प्रयोगकर्ताहरूलाई पनि रोल आउट गर्दै लैजाने बताइएको छ ।