कीवर्डहरू -

डिजिटल वालेट चलाउन सिकाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

डिजिटल वालेट चलाउन सिकाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

इसेवा, खल्ती लगायतका वालेट चलाउन सिकाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा घर भएका २२ वर्षिय अरू शिवाकोटी रहेका छन् ।

शिवाकोटीले पिडितसँग चिनजान गरी ईसेवा तथा खल्ती वालेटहरुबाट हुने कारोबार तथा रकम ट्रान्सफर जस्ता कार्यहरु सिकाईदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यसका साथै उनले फरक व्यक्तिको फोटो राखि ईसेवा तथा खल्ती वालेटहरु खोली पिडितलाई विभिन्न बहाना बनाई झुक्याई पिडितकै मोबाईल लिई बैंक खाता तथा मोबाईल बैकिङमा पहुँच पुर्‍याई पिडितकै खाताबाट अन्यत्र बैक खाता तथा वालेटहरुमा रकम ट्रान्सफर गरेका थिए ।

सिवाकोटीलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौं पठाइएको छ ।