कीवर्डहरू -

इन्स्टाग्राममा एआई सुविधा आउँदै

इन्स्टाग्राममा एआई सुविधा आउँदै

मेटाको लोकप्रिय सोशल मिडिया प्लेटफर्म इन्स्टाग्राममा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित एआई च्याटबोटको सुविधा आउने भएको छ ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार कम्पनीले एआईमा आधारित च्याटबट फिचरमा काम गरिरहेको छ ।वास्तवमा इन्स्टाग्राममा ल्याइएको नयाँ फिचरले प्रयोगकर्तालाई आफ्ना प्रश्नहरूको जवाफ दिन मद्दत गर्नेछ ।

यस बाहेक, प्रयोगकर्ताहरूले एआई च्याटबोटबाट कुनै पनि सल्लाह लिन सक्नेछन् । नयाँ एआई च्याटबटले प्रयोगकर्ताहरूलाई मेसेज क्रियट गर्न पनि मद्दत गर्नेछ ।

नयाँ एआई च्याटबट मेटाको इमेज र भिडियो सेयरिंग प्लेटफर्ममा च्याटहरूमा प्रयोग गरिने कम्पनीले जनाएको छ । कुराकानीमा सहभागी भएका दुई प्रयोगकर्ताहरूले यो एआई च्याटबट प्रयोग गर्न सक्नेछन् ।

यदि रिपोर्टहरू विश्वास गर्ने हो भने, प्रयोगकर्ताहरूले इन्स्टाग्राम प्लेटफर्ममा ३० एआई पर्सनालिटीहरूसँग अन्तरक्रिया गर्न पाउनेछन् ।

रिपोर्टका अनुसार नयाँ एआई च्याटबटको नाम एआई मेटा हुनेछ । यो नयाँ फिचर सेण्ड मेसेज विथआउट अ नोटिफिकेसनको अप्सनका साथ देखाइएको छ । अर्काे प्रयोगकर्ताहरूलाई यसको बारेमा सचेत नगरीनै इन्स्टाग्राम प्रयोगकर्ताहरूले यो एआई च्याटबट प्रयोग गर्न सक्नेछन् ।

फिचर ल्याउने मितिको बारेमा कुनै जानकारी भने सार्वजनिक गरिएको छैन् । सामाजिक सञ्जाल प्लेटफर्मले च्याटजीपीटीलाई लिएर प्रयोगकर्ताको बढ्दो क्रेजलाई देखेर मात्रै एआई च्याटबोटको सुविधा थप्न लागेको हो ।