कीवर्डहरू -

अब ५०० सब्सक्राइबर पुगेपछि युट्युब च्यानल मोनिटाइज गर्न सकिने

अब ५०० सब्सक्राइबर पुगेपछि युट्युब च्यानल मोनिटाइज गर्न सकिने

आजकाल धेरै प्रयोगकर्ता गुगलको लोकप्रिय भिडियो प्लेटफर्म युट्युबमा च्यानल सिर्जना गरेर पैसा कमाउन चाहिरहेका हुन्छन् । हाम्रा वरिपरि यस्ता धेरै कन्टेन्ट क्रिएटरहरू छन्, जसले आफ्नो दैनिक जीवनलाई क्यामेरामा भिडियो मार्फत देखाएर लाखौं आम्दानी गरिरहेका छन् ।

तर,युट्युबमा भिडियो बनाएर पैसा कमाउन त्यति गाह्रो भने छैन् । यसका लागि च्यानल स्थापना गरेपछि मोनिटाइजेसन गर्न आवश्यक छ । यदि तपाई पनि युट्युबमा च्यानल बनाएर पैसा कमाउन चाहनुहुन्छ भने यो लेख तपाईलाई उपयोगी हुन सक्छ ।

कम सब्सक्राइबर भएका प्रयोगकर्ताहरूले कसरी पैसा कमाउन सक्छन् ?

वास्तवमा, युट्युबमा पैसा कमाउने तरिका अब धेरै सजिलो भएको छ । युट्युबले मनेटाइजेसन प्रक्रियालाई सजिलो बनाउँदैछ । युट्युब च्यानल मार्फत पैसा कमाउनको लागि च्यानलमा लाखौं सब्सक्राइबर हुनु आवश्यक छैन् । मिडिया रिपोर्टका अनुसार युट्युब च्यानलमा प्रयोगकर्ताको ५०० सब्सक्राइबर भए पनि च्यानललाई मनेटाइज गर्न सकिन्छ ।

साथै, तपाईंले हरेक महिना धेरै भिडियोहरू अपलोड गर्न आवश्यक पर्दैन् । युट्युबको नयाँ नीति अनुसार अब पछिल्लो ९० दिनमा ३ वटा भिडियो मात्र राखेर पैसा कमाउन सकिने छ । एक वर्षमा ३ हजार वाच आवर वा ९० दिनमा तीन मिलियन सर्ट भ्यूहरू भएता पनि पैसा कमाउन सकिन्छ । यसभन्दा पहिले पहिले यी नियमहरू धेरै कडा थिए । पहिले च्यानल मनेटाइज हुन् १००० सब्सक्राइबर र ४ घण्टा वाचआवर पुगेको हुनुपथ्र्याे ।

युट्युबमा कमाउने प्रक्रिया के हो?

वास्तवमा युट्युबले कन्टेन्ट क्रियटरहरूलाई भिडियोहरू बनाउन प्रेरित गर्नका लागि पनि यी नयाँ नीतिहरु सार्वजनिक गरेको हो । प्रयोगकर्ताले मन पराउने भिडियोहरू बनाइयो भने च्यानलमा सब्सक्राइबरको संख्या बढ्छ । यससँगै च्यानल बढ्न थाल्छ । च्यानलमा दर्शकहरूको संख्या बढ्दै जाँदा, क्रियटरहरूले विज्ञापन र प्रिमियम सब्सिक्रिप्सन मार्फत पैसा कमाउने मौका पाउँछन् ।

युट्युबको मनेटाइजेसनज नीति पालना गरेर, प्रत्येक महिना एक निश्चित मितिमा खातामा युट्युबबाट पैसा प्राप्त हुन्छ । भिडियोमा देखिने विज्ञापनहरूको मद्दतले, प्लेटफर्ममा राजस्व उत्पन्न हुन्छ । यो आम्दानीको केही हिस्सा युट्युबले राखेको हुन्छ भने बाँकी च्यानल निर्माताले पाउँछन्  ।