कीवर्डहरू -

मेटा विरुद्ध कानूनी कारवाहीमा जाने ट्वीटरको चेतावनी

मेटा विरुद्ध कानूनी कारवाहीमा जाने ट्वीटरको चेतावनी

ट्विटरले मेटाको नयाँ थ्रेड्स प्लेटफर्ममका कारण मेटा प्लेटफर्महरू विरुद्ध कानुनी कारबाही गर्ने धम्की दिएको छ ।

ट्विटरका वकिल एलेक्स स्पिरोले फेसबुकका सीईओ मार्क जुकरबर्गलाई पठाएको पत्रलाई उद्धृत गर्दै यसबारे न्युज एजेन्सी सेमाफोरले बिहीबार रिपोर्ट प्रकाशित गरेको थियो ।

स्पिरोले पत्रमा लख्दै ट्विटरले आफ्नो बौद्धिक सम्पत्ति अधिकारलाई कडाइका साथ लागू गर्न मेटालाई कानूनी कारवाहीमा ल्याउने बताएका छन् ।

मेटाले बुधबार मेटा थ्रेड सार्वजनिक गरेको थियो । ट्वीटर यो विषयमा खुशी छैन्, किनभने नयाँ सोशल मिडिया फर्मले इन्स्टाग्रामका अर्बौं प्रयोगकर्ताहरूको फाइदा उठाएर ट्वीटरको अस्तीत्व नै कम गरिदिन सक्ने सम्भावना रहेको छ । मेटाले यस बारेमा अझै पनि केही टिप्पणी गरेका छैन् ।

मेटाको थ्रेड्सका कारण ट्विटरबाट विज्ञापन डलर पनि कम हुँदै जाने सम्भावना बढेको छ । थ्रेड्स हालै मात्र एक स्ट्यान्डअलोन एपको रूपमा सुरु गरिएको छ ।

प्रयोगकर्ताहरूले थ्रेड्समा आफ्नो इन्स्टाग्राम क्रेडेन्सियलहरू प्रयोग गरेर लग इन गर्न सक्छन् र उही सोही खाता प्रयोग गर्न सक्छन् । थ्रेडलाई धेरैले 'ट्विटर–किलर’ को नाम समेत दिएका छन् ।

ट्विटर जस्तै, थ्रेड्स एपले छोटो टेक्सट पोस्टहरू पोस्ट गर्न दिन्छ जसमा प्रयोगकर्ताहरूले पोस्ट लाइक गर्न, पुनः पोस्ट गर्न र जवाफ दिन सक्छन् ।

मेटा ब्लग पोष्टहरूका अनुसार, पोष्टहरू ५०० क्यारेक्टरसम्म लामो हुन सक्छन् र लिङ्क, फोटो र पाँच मिनेटसम्म भिडियोहरू पनि थ्रेड्समा पोस्ट गर्न सकिन्छ । यो एप एप्पलको एप स्टोर र गुगलको प्ले स्टोर दुवैमा १०० भन्दा बढी देशहरूमा उपलब्ध छ ।