कीवर्डहरू -

ट्विटरमा नोट्स फिचर आउँदै

ट्विटरमा नोट्स फिचर आउँदै

ट्वीटरमा धेरै क्यारेक्टर लेख्नका लागि नोट्स फिचर आउने भएको छ । अहिले नोट्स फिचर परीक्षणको क्रममा रहेको छ ।

ट्वीटर नोट्ले ट्वीटरको सिमित क्यारेटरभन्दा बढी क्यारेक्टरमा कुनै टेक्स्ट लेख्न दिनेछ । ट्वीटरमा अहिलेसम्म २८० क्यारेक्टर मात्रै लेख्न सक्ने सुविधा छ ।

तर ट्विटर ब्लू ग्राहकहरूले २५ हजार क्यारेक्टर सम्म ट्वीट गर्न सक्छन् । गत वर्ष घोषणा गरिएको नोट्सलाई 'ट्विटरमा लामो समयसम्म लेख्ने तरिका’ को रूपमा प्रस्तुत गरिएको थियो ।

प्रयोगकर्ताले नोट्समा लेखमा फोटो, भिडियो र अन्य ट्वीट इम्बेड गर्न सक्नेछन् । यस बाहेक लेख साझेदारी गर्न र प्रकाशित लेखहरू तपाईंको ट्विटर प्रोफाइलमा देखा पर्नेछ ।