कीवर्डहरू -

ट्विटरमा अब भिडियो डाउनलोड गर्ने सुविधा

ट्विटरमा अब भिडियो डाउनलोड गर्ने सुविधा

लोकप्रिय माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरमा प्रयोगकर्ताका लागि नयाँ फिचर आएको छ । प्रयोगकर्ताहरूले अब ट्विटरमा भिडियो डाउनलोड गर्न सक्ने छन् ।

ट्विटरमा भिडियो डाउनलोड गर्ने सुविधा सबै प्रयोगकर्ताहरूलाई उपलब्ध गराइएको छैन् । ट्विटरमा रहेका भिडियोहरू ब्लू सब्सक्राइबर अर्थात् सशुल्क सेवा प्रयोग गर्ने प्रयोगकर्ताले मात्र डाउनलोड गर्न सक्छन् ।

तर, भिडियो डाउनलोड गर्दा केही सर्तहरू पनि राखिएको छ । ट्विटरमा भिडियो डाउनलोड गर्न प्रयोगकर्ताको उमेर महत्त्वपूर्ण हुनेछ । नयाँ नियम अनुसार १८ वर्ष मुनिका प्रयोगकर्ताले ट्विटर भिडियो डाउनलोड गर्न पाउने छैनन् ।

यदि ट्विटर प्रयोगकर्ताले भिडियो अपलोडसँगै डाउनलोड गर्न अनुमति नदिने हो भने अन्य प्रयोगकर्ताहरूले भिडियो डाउनलोड गर्न सक्ने छैनन् ।

यदि ट्विटर ब्लू सब्सक्राइबरको अकाउन्ट प्राइभेटमा सेट गरिएको छ भने अन्य ट्विटर प्रयोगकर्तालाई भिडियो डाउनलोड गर्ने सुविधा उपलब्ध हुने छैन् ।

कुन भिडियोहरू डाउनलोड गर्न सकिन्छ र कुन सकिदैन् भन्ने पूर्ण नियन्त्रण सशुल्क सब्सक्राइबर अर्थात् भिडियो अपलोड गर्ने ट्विटर प्रयोगकर्तासँग हुनेछ ।

ट्वीटर ब्लुका ग्राहकले दुई घण्टासम्मको भिडियो अपलोड गर्ने सुविधा पाउछन् । तर यो सुविधा अहिले कम्पनीका लागि नै समस्या बन्दै गएको छ ।

यो सुविधाको फाइदा उठाउँदै, प्रयोगकर्ताहरूले पूरै फिल्म प्लेटफर्ममा अपलोड गरिरहेका छन् । यस्तो अवस्थामा कम्पनी प्रतिलिपि अधिकार भएका सामग्रीलाई लिएर कानुनी विवादमा पर्न सक्ने छ ।