कीवर्डहरू -

निष्क्रिय अकाउन्ट डिलिट गर्दै गुगल 

निष्क्रिय अकाउन्ट डिलिट गर्दै गुगल 

गुगलले निष्क्रिय अकाउन्ट डिलिट गर्ने भएको छ । प्रयोग नगरिएको वा निष्क्रिय अकाउन्ट १ डिसेम्बर २०२३ देखि निष्क्रिय अकाउन्ट डिलिट गर्न सुरु गर्ने जानकारी दिँदै टेक जायन्टले शनिबार प्रयोगकर्ताहरूलाई निर्देशनको मेल पठाएको हो ।

रिपोर्टका अनुसार गुगलले गुगलका उत्पादन र सेवाहरूमा रहेका सबै अकाउन्टका लागि निष्क्रियता सीमालाई दुई वर्षमा बढाएको छ ।

गुगलले दुई वर्षदेखि प्रयोग नगरिएका खाताहरू डिलिट हुन सक्ने जानकारी दिएको छ । अकाउन्ट लगइन नगरिएको र गुगल उत्पादनहरु र सेवाहरुमा प्रयोग गरिएको छ भने यो नियम लागू हुने छैन ।

यदि कुनै गुगल अकाउन्ट दुई वर्षदेखि लगइन गरिएको छैन र कुनै पनि गुगलका सेवा र उत्पादनमा जोडिएको छैन भने १ डिसेम्बर २०२३ देखि डिजिट गरिनेछ ।