कीवर्डहरू -

लगानीकर्तालाई मन्त्री शर्माको आह्वानः आईटीमा लगानी गर्न नेपाल उपयुक्त छ, लगानी गर्नुस्

लगानीकर्तालाई मन्त्री शर्माको आह्वानः आईटीमा लगानी गर्न नेपाल उपयुक्त छ, लगानी गर्नुस्

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विदेशी लगानीकर्ताहरूलाई नेपालको आईटी क्षेत्रमा लगानी गर्न आग्रह गरेकी छन् ।

सोमबार लगानी सम्मेलनमा बोल्दै मन्त्री शर्माले सूचना प्रविधिमा लगानी गर्न नेपाल धेरै हिसाबले उपयुक्त स्थल भएको भन्दै लगानी गर्न आग्रह गरेकी हुन् ।

‘हामीसँग सूचना प्रविधि उद्योग अनुकुल भौगलिक वातावरण त छँदैछ,’ उनले भनिन, ‘दक्ष जनशक्तिको उपलब्धताका कारण कम लागतमा सूचना प्रविधि उद्योग सञ्चालन गर्न सकिने प्रचुर सम्भावना छ ।’  

प्रत्येक वर्ष १० हजार बढी नेपाली युवा सूचना प्रविधिको क्षेत्रमा थप भइरहेको र १ लाख युवा आईटी सेवा निर्यातमा क्रियासिल रहेकाले नेपालमा जनशक्तिको अभाव नरहेको उनको भनाइ छ । 

नेपाललाई लगानीमैत्री वातावरण बनाउन आवश्यक कानुनहरू संशोधन गर्दै लगेको र अन्य कानुहरू पनि आवश्यकता अनुरूप संशोधन हुने तथा बनाउने जानकारी दिइन । 

नेपाललाई सूचना प्रविधि हब बनाउने दृढ संकल्पका साथ सरकार अगाडि बढेको जानकारी दिदै उनले लगानीकर्ताहरूसँग सहकार्य गर्न तयार रहेको बताइन ।