कीवर्डहरू -

अब युट्युबमा गुनगुनाएरै गीत खोज्न सकिने

अब युट्युबमा गुनगुनाएरै गीत खोज्न सकिने

युट्युबमा अब गुनगुनाएरै गीत खोज्न सकिने भएको छ । युट्युबले गुनगुनाएरै गीत खोज्न सकिने फिचरको जाँच गरिरहेको छ ।

परीक्षणको चरणको रहेको फिचरमा हाल बजिरहेको गीतलाई गुनगुनाएर वा रेकर्डिङ गरेर युट्युबमा गीतहरू पत्ता लगाउन सक्ने क्षमताको जाँच गरिरहेको बताइएको छ ।

गुनगुनाएर गीत खोज्न सकिने फिचर युट्युब प्रिमियममा भने यसअघि नै उपलब्ध रहेको छ ।  यदि तपाई युट्युब प्रिमियमको सदस्य हुनुहुन्छ भने यो सुविधा प्रयोग गर्दै हुनुहुन्छ । तपाई युट्युब साउण्ड सर्चबाट नयाँ गीत खोज सुविधामा टगल अन गर्न सक्नुहुन्छ ।

त्यसपछि तपाईंले करिब तीन सेकेन्डको लागि खोज्नु भएको गीत गुनगुनाउनु पर्नेछ वा रेकर्ड गरेर अडियो खोज्न सकिने छ । एक पटक गीत पहिचान भएपछि युट्युबले तपाईंलाई फेला परेको गीत प्रस्तुत गर्ने सर्टहरूमा रिडिरेक्ट गर्नेछ ।