कीवर्डहरू -

तीजको अवसरमा सर्भिकल क्यान्सर जनचेतना तथा प्याप स्मेर टेस्ट कार्यक्रम सञ्चालन गर्दै क्यान महासंघ

तीजको अवसरमा सर्भिकल क्यान्सर जनचेतना तथा प्याप स्मेर टेस्ट कार्यक्रम सञ्चालन गर्दै क्यान महासंघ

क्यान महासंघले तीजको अवसरमा सर्भिकल क्यान्सर जनचेतना र प्याप स्मेर टेस्ट कार्यक्रम सञ्चालन गर्ने भएको छ । क्यान महासंघका महिला सदस्यहरुका लागि लक्षित गरेर यो कार्यक्रम सञ्चालन गर्न लागरिएको हो ।

दिउँसोको १ देखि ४ बजेसम्म सञ्चालन हुने सो कार्यक्रम २५ भाद्रका दिन क्यान महासंघको परिसर नयाँबजार खुशिबुमा हुनेछ । कार्यक्रममा जाँच तथा परामर्श गाइनोकोलोजिस्ट डा.सबिता सिंहले गर्ने छिन् ।

प्याप स्मेर टेस्ट र सर्भिकल क्यान्सर जनचेतना कार्यक्रममा सहभागी हुन् ४०० रुपैयाँ शुल्क भुक्तानी गरेर रेजिस्ट्रेसन गर्नुपर्ने हुन्छ । यस कार्यक्रममा महिला प्रजनन स्वास्थ्यको बारेमा पनि छलफल गरिने छ । कार्यक्रममा सहभागी हुनका लागि रजिस्टर गर्न यहाँ क्लिक गर्नुहोस् ।

\"\"