कीवर्डहरू -

ओर्जिनल क्वालीटीमा फोटो पठाउने सुविधामा काम गर्दै ह्वाट्सएप

ओर्जिनल क्वालीटीमा फोटो पठाउने सुविधामा काम गर्दै ह्वाट्सएप

ह्वाट्सएपले ओर्जिनल क्वालीटीमा फोटो पठाउने सुविधामा काम गरिरहेको छ । अब एपमा हाई क्वालिटीमा मात्रै नभएर ओर्जिनल क्वालीटीको विकल्प छनोट गरेर पनि फोटो पठाउन सकिने छ ।

ह्वाट्सएपको प्रत्येक अपडेटको निगरानी गर्ने वेबसाइट वाबेटा इन्फोको पछिल्लो रिपोर्टमा ह्वाट्सएपको नयाँ सुविधाको बारेमा जानकारी फेला परेको छ । वाबेटा इन्फोको रिपोर्ट अनुसार, प्रयोगकर्ताहरूले अब ह्वाट्सएपमार्फत फोटो पठाउँदा तस्विर कम गुणस्तरमा जाने भनेर चिन्ता लिनु पर्ने छैन ।

रिपोर्टमा स्क्रिनसट साझा गरिएको छ । यहाँ प्रयोगकर्तालाई २ जीबीसम्मका ठूला फाइलहरू सेयर गर्न सकिने जानकारी दिइएको छ । यसबाहेक ओर्जिनल क्वालिटीमा फोटो र भिडियोहरू सेयर गर्न ग्यालेरीको विकल्प स्क्रीनसटमा देखिएको छ ।

प्रयोगकर्ताहरूले डक्युमेन्ट्समार्फत ह्वाट्सएपमा मूल गुणस्तरका भिडियो र फोटो पठाउन सक्छन् । यसका लागि प्रयोगकर्तालाई धेरै मेनु र फोल्डरहरू नेभिगेट गर्ने आवश्यकता हटाइएको छ ।

ह्वाट्सएपको नयाँ फिचर ती प्रयोगकर्ताहरूका लागि उपयोगी हुनेछ, जो एपमा हाई क्वालिटीमा फोटो र भिडियो पठाउन चाहँदैनन् । यसका लागि कम क्वालिटीको तस्विर र भिडियो बाहेक अब ओरिजिनल क्वालिटीको पनि विकल्प उपलब्ध हुनेछ ।

ह्वाट्सएपको नयाँ फिचर हाल एन्ड्रोइड बेटा टेस्टरहरूको लागि प्रस्तुत गरिएको छ । प्रयोगकर्ताहरूले एपको बेटा अपडेटबाट यो सुविधा प्रयोग गर्न सक्छन् । यो सुविधालाई प्ले स्टोरबाट ह्वाट्सएप बेटा संस्करण २.२३.१२.१३ मार्फत प्रयोग गर्न सकिन्छ ।