कीवर्डहरू -

इन्स्टाग्राम च्यानल जस्तै फिचरमा काम गर्दै ह्वाट्सएप

इन्स्टाग्राम च्यानल जस्तै फिचरमा काम गर्दै ह्वाट्सएप

ह्वाट्सएप विश्वभरि लाखौं मानिसहरूले प्रयोग गर्छन । कम्पनीले आफ्ना प्रयोगकर्ताहरूका लागि समय समयमा नयाँ अपडेटहरू ल्याइरहेको हुन्छ । यस पटक कम्पनीले इन्स्टाग्राम च्यानल जस्तै काम गरिरहेको जानकारी बाहिर आएको छ ।

यसबाट आफ्नो अडियो/भिडियो म्यासेज प्रसारण गर्न सकिने छ । सरल भाषामा च्यानल एक प्रसारण उपकरण हो, जसले संस्था, सिर्जनाकर्ता र सेलिब्रेटीलाई ह्वाट्सएपमा प्रत्यक्ष रूपमा मानिसलाई अपडेट पठाउन मद्दत गर्दछ ।

कम्पनीका सीईओ मार्क जुकरबर्गका अनुसार कम्पनीले विश्वव्यापीस्तरमा ह्वाट्सएप च्यानल सुरु गर्दैछ र हजारौं नयाँ च्यानलहरू थप्दैछ, जसलाई मानिसहरूले ह्वाट्सएपमा फलो गर्न सक्छन् ।

यसका लागि कम्पनीले अपडेट नामक नयाँ ट्याबमा च्यानल सार्वजनिक गर्नेछ, जहाँ प्रयोगकर्ताहरूले सजिलैसँग फलो गरेको युजर स्टाटस र च्यानल खोज्न सक्छन् । यो विशेष ट्याब परिवार, साथीभाइ र कम्युनीटीसँग च्याट गर्ने सुविधाभन्दा फरक हुनेछ ।

जुकरबर्गले आफ्नो ह्वाट्सएप च्यानल पनि खोलेका छन् । यसका साथै कम्पनीले धेरै सेलिब्रेटीहरूसँग सहकार्य गरेको छ, जसले गर्दा उनीहरूले आफ्नो ह्वाट्सएप च्यानल सुरू गर्नेछन् ।

यस बाहेक कम्पनीले आफ्नै च्यानल पनि खोल्दैछ, जहाँ ह्वाट्सएपद्वारा बनाइएका उत्पादनहरूको बारेमा अपडेट दिइनेछ । च्यानल एडमिनको फोन नम्बर र प्रोफाइल फोटो फलोअरहरूलाई देखाइने छैन् । ह्वाट्सएपले आगामी हप्ताहरूमा विश्वव्यापी रूपमा च्यानल सुविधा सुरु गर्नेछ ।