कीवर्डहरू -

१९ औं वर्षमा प्रवेश गर्‍यो एनसेल, अहिलेसम्म २ खर्ब ८३ अर्ब बढी सरकारलाई कर 

१९ औं वर्षमा प्रवेश गर्‍यो एनसेल, अहिलेसम्म २ खर्ब ८३ अर्ब बढी सरकारलाई कर 

एनसेल जियाटा लिमिटेडले आइतबार आफ्नो सेवा सञ्चालनको १८ वार्षिकोत्सव मनाएको छ । कम्पनीले आम नेपाली जनसमुदायलाई विश्वस्तरीय दूरसञ्चार सेवाहरूमार्फत जो प्रविधि र कनेक्टिभिटीको पहुंचने दिने लाभ १८ वर्षदेखि निरन्तर प्रदान गर्दै आएको छ ।

सन् २००५ मा आजकै दिन अर्थात सेप्टेम्बर १७ बाट एनसेल पहिले मेरो मोबाइलले आफ्नो सेवा संचालनमा ल्याउदै यात्रा शुरु गरेको थियो । त्यसबेलादेखि नै कम्पनीले आफ्ना सेवाहरू प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा आमुल परिवर्तन ल्याएको छ र सेवामा पहुँच सुनिश्चित गराउदै ग्राहक सेवामा व्यापक परिवर्तन ल्याउनमा ठूलो योगदान दिएको छ ।

सर्वसाधारणलाई भरपर्दो आधारभूत मोबाइल सेवादेखि नेपाली व्यवसायहरुलाई उनीहरुका सञ्चार आवश्यकताहरु पुरा गर्न नवीनतम सेवाहरु प्रदान गरेर एनसेल नेपालको परिवर्तनको संवाहक बनेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवम् प्रबन्ध निर्देशक जाब्बीर कायुमोभले १ करोड ६० लाखभन्दा बढी नेपाली र नेपालको अर्थतन्त्रको अभिन्न अंग बन्न पाएकोमा खुसी व्यक्त गरे ।

‘एनसेल सधै नेपाल र नेपालीलाई गुणस्तरीय सेवाले जोड्न प्रतिबद्ध छ र अब हामी देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझै जिम्मेवार बनेका छौ,’ उनले भने, ‘बहुसंख्यक नेपालीहरूका लागि पाउन कठिन हुने सेवा र सुविधाहरुमा सहज पहुँच सुनिश्चित गराउने अब हाम्रो भिजन हुनेछ । एनसेल इज ‘हामी तपाईकै लागि’ अर्थात हामी तपाईंकै लागि हो र अझै धेरै वर्ष निरन्तर यात्राका लागि प्रतिबद्ध छौं।’

\"\"

नयाँ यात्राको शुरुवातसँगै एनसेलले आफ्नो बान्डको बाचा ‘आज, भोलि, सधैं संगै’ अन्तर्गत रहि ‘हामी तपाईकै लागि थिमको घोषणा गरेको छ । यस थिम अन्तर्गत एनसेलले सामाजिक कार्यहरुलाई अगाडि बढाउन र नेपालमा सामुदाय स्तरमा सार्थक प्रभाव पार्न श्रृङ्खलाबद्ध विभिन्न क्रियाकलाप, सहकार्य र कार्यक्रमहरुको घोषणा गरेको छ ।

यस्तै यसै अवसरमा एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी थिम हामी तपाईकै लागि अन्तर्गत राष्ट्रिय प्याम्पिक समिति नेपालसँग सहकार्यको घोषणा गरेको छ । कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेपालको प्रतिनिधित्व गर्ने प्यारा राष्ट्रिय खेलाडीहरूलाई सहयोग गर्नेछ । यस सहकार्य अन्तर्गत एनसेलले राष्ट्रिय खेलाडीहरूको समय तालिम र विकासका लागि उनीहरुलाई आवश्यक पर्ने आहार र पोषण वर्षभरि सहयोग प्रदान गर्नेछ ।

विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरुका सामाजिक परियोजनाहरूमा रु. १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ । सबैभन्दा ठूलो करदाता मध्ये एकका रूपमा, एनसेलले अर्थतन्त्रमा प्रभावकारी योगदान पुयाउँदै आएको छ र आफ्नो स्थापनाकालदेखि आर्थिक वर्ष २०७८-७९ सम्ममा कर र शुल्कहरु बापत रु २ खर्ब ८३ अर्ब भन्दा बढि तिरि सकेको छ ।

एनसेल सेवाले दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने काम मात्रै नभएर देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) इकोसिस्टमको एक अभिन्न अंग बनेर देशको सामाजिक-आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको छ ।

\"\"
एनसेल सेन्टर र सेल्स अफ पोइनट अवलोकन गर्दै एनसेल उच्चपदस्थ टिम

जीएसएम मोबाइल सेवामा सहज र सुलभ पहुँच, थ्रीजीको सुरुवात, एनसेल कनेन्छ मोबाइल ब्रोडब्यान्ड, प्याकमा आधारित भ्वाइस र डेटा सेवा रु.१९९ मा देशभर एकै कल दर, चौथो पुस्ताको फोरजी सेवा, एनसेल फर बिजनेश (एनफरबी), भारत, अमेरिका र क्यानडामा स्थानीय कल दर, सजिलो रोमिङ, एनसेल सापटी, ट्वीटर र वीकीमा निःशुल्क पहुँच एनसेलका केही प्रमुख कोसेढुङ्गाहरू हुन् जसले नेपालको दूरसञ्चार क्षेत्रमा व्यापक परिवर्तनहरु ल्याएका छन् ।

हामी तपाईंकै लागि थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरुको पनि आयोजना गरिनेछन् । मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान, वृक्षारोपण, लैनचौर मैदानमा मैत्रीपूर्ण फुटबल खेल, ग्राहकहरुसंग अन्तरक्रिया गर्न सेलिबेटीहरूको एनसेल सेन्टरहरूमा भ्रमण नगायतका कार्यक्रमहरु आयोजना गरिनेछन् ।

आइतबार (सेप्टेम्बर १७ के दिन एनसेल व्यवस्थापनको उच्चपदस्त अधिकारीहरु र अन्य कर्मचारीहरु ग्राहकहरूसँग अन्तरक्रिया गर्न र उनीहरूको माया र निरन्तर सहयोगका लागि व्यक्तिगत रूपमा धन्यवाद दिन देशका विभिन्न भागमा रहेका एनसेल सेन्टरहरू र पोइन्ट अफ सेल्सको भ्रमण गरेका छन् ।