कीवर्डहरू -

१८ औं वार्षिकोत्सवमा एनसेलको अफर, बम्परमा सात जना ग्राहकले ७ वटा स्कुटर जित्ने मौका

१८ औं वार्षिकोत्सवमा एनसेलको अफर, बम्परमा सात जना ग्राहकले ७ वटा स्कुटर जित्ने मौका

एनसेलले आफ्नो १८ औं वार्षिक उत्सव मनाइरहेको बेला ग्राहकहरुसँग खुसियाली बाड्नका लागि आकर्षक अफर ल्याएको छ । प्रत्येक ग्राहक विजेता बन्ने यस ‘एभ्रि कस्टमर इज अ विनर’ अफरमा सबै ग्राहकले २८ दिन सम्म केही न केही सेवा सरप्राइज लोयल्टी गिफ्ट पाउनेछन् ।

यस अफरमा *१७११७# डायल गर्ने ग्राहकहरूले दैनिक, साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्न योग्य बन्छन् । दैनिक उपहारमा ग्राहकले एनसेलका सेवाहरू कुनै पनि शुल्क बिना प्राप्त गर्न सक्छन् ।

प्रत्येक हप्ता एनसेलका १ हजार ग्राहकले रु. १०० ब्यालेन्स पाउनेछन् र अफरको अन्त्यमा सात जना भाग्यशाली ग्राहकले ७ वटा स्कुटर पाउनेछन् । साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्नका लागि ग्राहकहरूले अफर अवधिभर एनसेल सेवाहरू प्रयोग गरेको हुनुपर्छ र एनसेलको बारेमा रचनात्मक नारा एनसेल एप वा एनसेल वेबसाइटमार्फत एनसेलसँग पठाउनुपर्नेछ ।