कीवर्डहरू -

विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी स्थापना

विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी स्थापना

नेपालमै विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजीले (एमआईटी) स्थापना भएको छ । इन्टर्नेसनल अमेरिकन युनिभर्सिटीसँग सहकार्यमा काठमाडौंको बागबजारमा एमआईटी स्थापना भएको हो ।

एकेडेमीक लिडरसीप समिट २०२३ कार्यक्रममा अमेरिकाका लागि पूर्व राजदुत डा. अर्जुन कार्की र एमआईटीका अध्यक्ष सुरेन्द्र सुवेदीले संयुक्त एआईटीको उद्घाटन गरेका थिए ।

कार्यक्रममा मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजीका अध्यक्ष सुरेन्द्र सुवेदीले युवा जनशक्तिलाई नेपालमै विश्वस्तरको शिक्षा प्रदान गरी स्वेदशमा अवसर प्रशस्त गर्न सकिने बताए । ‘गुणस्तरीय शिक्षा केही महँगो हुन्छ । तर यसले देशलाई दीर्घकालीन सहयोग गर्छ,’ उनले भने, ‘गुणस्तरहीन शिक्षा सस्तो भएता पनि यो कालान्तरमा महँगो पार्न जान्छ ।’

कार्यक्रमा मध्यपश्चिम विश्वविद्यालयका पूर्व भाइस चान्सलर प्रा. डा. उपेन्द्रकुमार कोइरालाले ‘उच्च शिक्षाको आवश्यकता, समस्या तथा समाधान’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै इमान्दार भई शिक्षा क्षेत्रमा लागेमा नेपालमा सम्भावना नै सम्भावना भएको र नेपालको शिक्षित युवा जनशक्तिलाई विदेशिनबाट रोक्ने, शैक्षिक गुणस्तर विश्वप्रतिस्पर्धी बनाउने र समाजमा देखिएका चुनौतिहरुलाई परिष्कृत शिक्षण विधि अपनाउने यस्ता शैक्षिक संस्था केही हदसम्म भए पनि समाधान गर्न सहयोगी हुने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रमको वक्ताका रुपमा रहेका नेपाल सरकारका पूर्व अमेरिकी राजदुत डा. अर्जुन कार्कीले आधुनिक समाजको निर्माणमा दक्ष जनशक्ति देशको अर्थतन्त्रको मेरुदण्ड भएको र देशलाई दक्ष जनशक्तिले नै विश्वसामु चिनाउने बताए ।

कार्यक्रममा मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजीका सञ्चालक रामकृष्ण दाहालले आफू शैक्षिक क्षेत्रमा लामो समयदेखि लागी परेको र नेपालमा स्वदेश तथा विदेशका राम्रा विश्वविद्यालयका कार्यक्रमहरु संचालन गरी स्वदेशमै विश्वस्तरको ज्ञान र क्षमता प्रदान गर्ने उदेश्यले इन्टर्नेसनल अमेरिकन युनिभर्सिटीसँग सहकार्य गरेको जानकारी दिए । व्यवस्थापन र आईटीका कार्यक्रमहरू सुलभ शुल्कमा विभिन्न छात्रवृत्तिसहित पढाउने उनको भनाइ छ ।

एमआईटीले सुरूवातमा बीबीए, एमबीए र बीआईटी कोर्ष सुरू गर्ने तयारी गरेको छ । बीबीए र एमबीएमा अहिले नयाँ भर्ना खुलिसकेको छ भने ३ महिनापछि बीआईटीमा पनि नयाँ भर्ना खुल्ने कलेजले जानकारी दिएको छ ।