कीवर्डहरू -

कान्तिपुर टेलिभिजनबाट आइसिटी अवार्डका स्टार्टअप र आइडिया पिचिङका ६ बढी एपिसोड प्रशारण हुने

कान्तिपुर टेलिभिजनबाट आइसिटी अवार्डका स्टार्टअप र आइडिया पिचिङका ६ बढी एपिसोड प्रशारण हुने

आइसिटी अवार्ड २०२३ को ब्रोडकास्टिङ पार्टनरको रुपमा कान्तिपुर टेलिभिजनसँग सहकार्य सम्झौता भएको छ । गत साता कान्तिपुर मिडिया ग्रुपका सिइयो शिशिर पछाई र आइसिटी अवार्डका अध्यक्ष राजन लम्सालबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कान्तिपुर टेलिभिजनले स्टार्टअप र आइडिया पिचिङका ६ बढि एपिसोड र ग्राण्ड फिनालेको प्रत्यक्ष प्रशारण गर्नेछ ।

उत्कृष्ट १२ मा पर्न सफल स्र्टाअप, १३ राइजिङ स्टार इन्नोभेसन र १४ उत्कृष्ट प्रडक्टहरुको प्रिजेन्टेशन तथा स्पिड डेटिङ सेसनलाई टेलिभिजन एपिसोडको रुपमा प्रशारण गर्न लागिएको हो । यसैगरी प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड र अन्य विधाहरुका छनौट प्रकृयाहरुलाई पनि टेलिभिजन कार्यक्रममा समावेश गरिनेछ ।

कार्यक्रम कार्तिक अन्तिम सातादेखि पुस पहिलोहप्तासम्म साप्ताहिक रुपमा सञ्चालन हुनेछ । आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ६ गते हुनेछ, जुन कान्तिपुर टेलिभिजन, युट्युब, सिनेफ्लेक्स लगायत कान्तिपुर टेलिभिजनका सम्पुर्ण प्लाटफर्ममार्फत प्रत्यक्ष प्रशारण गरिनेछ ।

आइसिटी अवार्ड २०२३ सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्ड कार्यक्रम हो । नेपालभित्र विभिन्न १३ अवार्ड विधा र दक्षिण एसियाका देशहरुलाई समेटेर साउथ स्टार्टअप आइसिटी अवार्ड २०२३ पनि यस वर्ष हुदैछ ।

अवार्डको प्रि इभेन्टको रुपमा स्टार्टअप फेस्ट, बुटक्याम्प, इन्डस्ट्री भिजिट लगायतका ६ बढि सेसनहरु सञ्चालन भइसकेका छन । सातै प्रदेशका स्थानिय स्टार्टअपहरुको लागि लक्षित विभिन्न सेसनहरु सञ्चालन भएका थिए ।

यस अवार्डमा भाग लिन दक्षिण एसियाका स्टार्टअपहरुसँगै नेपाली डायस्पोराहरु पनि नेपाल आउनेछन । गतवर्ष १ हजारभन्दा बढिले आइसिटी अवार्डको ग्राण्ड फिनालेमा सहभागी भएका थिए । ग्राण्ड फिनालेमा प्रत्यक्ष उपस्थितीको लागि अवार्डको वेबसाइटबाट टिकटसमेत खरिद गर्न सकिनेछ ।

अवार्ड छनौटको लागि भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकाका बिज्ञ जुरी सहित २० जना जुरी सदस्य रहेका छन् । अवार्डका सम्पूर्ण विधामा ५५० बढीको नोमिनेसन प्राप्त भएको छ ।