कीवर्डहरू -

स्मार्ट पालिकाको बनायो लाईभ ट्रयाकिङ तथा क्वारेन्टाइन व्यवस्थापन प्रणाली, सबै स्थानिय तहलाई निशुल्क दिइने

स्मार्ट पालिकाको बनायो लाईभ ट्रयाकिङ तथा क्वारेन्टाइन व्यवस्थापन प्रणाली, सबै स्थानिय तहलाई निशुल्क दिइने

स्थानिय निकायहरुलाई डिजिटल रुपान्तरण गर्ने उद्देश्य बोकेको स्मार्टपालिकाले नेपालका ७५३ वटै स्थानिय सरकारको लागि कोभिड लाईभ ट्रयाकिङ तथा क्यारेन्टाइन व्यवस्थापन प्रणाली बनाएको छ । यो प्रणाली सबै स्थानीय तहलाई निशूल्क प्रदान गरिने छ ।

यस प्रणाली अन्तर्गत हाल क्यारेन्टाइन, लाईभ ट्रयाकिङ, आइसोलेसन, दैनिक रिपोर्ट, स्व परीक्षण लगायत अन्य मोड्युलहरु मोबाइल एप्स तथा वेब सिस्टममा उपलब्ध रहेका छन् ।

साथै विकास साझेधारहरुको सहयोगमा कन्ट्याक्ट ट्रेसिङ लगायत अन्य मोड्युलहरुको निरन्तर विकास र कार्यान्वयन गरिदै लाने कम्पनीले बताएको छ ।

यस प्रणालीबाट स्वास्थ्य प्रतिनिधि, स्थानिय प्रतिनिधि तथा जिल्ला प्रशासन कार्यलयले आफ्नो मातहातको काम गर्न तथा रिपोर्ट निकाल्न सक्छन । यसबाट प्रयोगकर्ताले स्वपरीक्षण गराउने, आफ्नो दैनिक रिपोर्ट बुझाउने तथा आधिकारिक रिपोर्ट हेर्न सक्ने छन् ।

यस प्रणालीलाई भविष्यमा स्थानिय निकायको पूर्ण प्रकोप नियन्त्रण प्रणालीका रुपमा विकास गर्दै लान सकिने छ।
। स्मार्ट पालिका र सेलएप इन्नोभेसनको संयुक्त प्रयासमा यस प्रणाली विकास गरिएको हो ।

यो प्रणाली हाल भरतपुर महानगर, बिरगंज महानगर, धुलिखेल नगरपालिका लगायत करिब २० स्थानिय तहले प्रयोगमा ल्याइ सकेका छन् ।