कीवर्डहरू -

ब्रोडवे इन्फोसेसले जित्यो अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट आइटी लर्निङ सेन्टर’ अवार्ड

ब्रोडवे इन्फोसेसले जित्यो अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट आइटी लर्निङ सेन्टर’ अवार्ड

ब्रोडवे इन्फोसेस नेपालले नेपालको बेस्ट आइटी लर्निङ सेन्टरको रुपमा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । बेलायतको चर्चित विजनेस म्यागेजिन एपाक इन्साइडरले हरेक वर्ष प्रदान गर्दैं आएको ‘बेस्ट आइटी लर्निङ सेन्टर’ अवार्ड यस वर्ष नेपालमा ब्रोडवे इन्फोसेस नेपालले पाउन सफल भएको हो ।

‘हामीले अन्तराष्ट्रिय स्तरको सम्मान पाएका छौं । यो सम्मानले हामीलाई अझै कडा मेहनत गर्न र राम्रो नतिजा निकाल्न प्रेरणा गर्नेछ’ ब्रोडवे इन्फोसेसका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजु अधिकारीले भने ।

ब्रोडेवे इन्फोसेस आइएसओ ९००१;२०१५ मान्यता प्राप्त संस्था हो । कम्पनीले अनुभवि प्रशिक्षकबाट प्रोग्रामिङ, डिजिटल मार्केटिङ, नेटवर्किङ लगायत आइटीका कोर्षहरु सञ्चालन गर्दैं आएको छ ।