कीवर्डहरू -

नागरिक एपबाट तीन महिनामा दश हजार प्यान नम्बर वितरण 

नागरिक एपबाट तीन महिनामा दश हजार प्यान नम्बर वितरण 

तीन महिनामा १० हजार जनाले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् ।

शनिबार डिजिटल संवादमा बोल्दै प्रधानमन्त्री कार्यालयका प्रमुख आइटी सल्लाहकार अस्गर अलीले नागरिक एपबाट १० हजारले प्यान लिएको जानकारी दिए ।

त्यसैगरी, नागरिक एपबाट बैंक खाता खोल्ने व्यवस्था पनि गरिएको छ । ‘नागरिक एपमा यी दुई कुरा सफलताका उदाहरण हुन,’ उनले भने, ‘यही सफलतालाई आधार मानेर थप सुविधाहरु थपिदै छ ।’

गत माघ २ गते बेटा भर्सनको रूपमा नागरिक एप सार्वजनिक भएको थियो भने बैशाख १९ गते राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा फुल भर्सन सार्वजनिक भएको थियो ।