कीवर्डहरू -

नागरिक एप: ६ लाख २५ हजार डाउनलोड, २ लाख बढी भेरिफाइ 

नागरिक एप: ६ लाख २५ हजार डाउनलोड, २ लाख बढी भेरिफाइ 

नागरिक एप सार्वजनिक भएको साढे तीन महिनाको अवधिमा ६ लाख २५ हजार डाउनलोड भएको छ । त्यस्तै, डाउनलोड गरेका मध्ये २ लाखभन्दा धेरैको भेरिफाइ भइसकेको छ ।

शनिबार भएको डिजिटल संवादमा बोल्दै संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्तले २ लाखभन्दा बढीको भेरिफाइ भएको बताए।

उनले एपको निर्देशिका पारित हुने क्रममा रहेको पनि जानकारी गराए । त्यस्तै, एपको सुरक्षाको लागि अडिट र हरेक सेवा थप्दा सेक्युरिटी परीक्षण गरिरहेको बताए । डेटा क्लिनको लागि गृह मन्त्रालयमा सिस्टम विकास भएको र त्यसमा सुधारको काम भइरहेको बताए ।

‘भविष्यमा नेशनल आइडी कार्डमा जोडिने तयारी छ । यसले गर्दा डेटाको समस्या नहुने र प्रमाणिकरण सहज हुनेछ,’ उनले भने ।

उनले डिजिटल नेपाल फ्रेमवर्कलाई अघि बढाइएको, यसको लागि इन्टरनेट ग्रामिण क्षेत्र र सरकारी कार्यालय र विद्यालयहरु सम्म पुर्याइरहेको जानकारी गराए । फाइजी पनि टेस्ट गर्ने गरि अगाडी बढाइएको पनि जानकारी गराए ।

सरकारको घोषणाअनुसार सिमकार्ड निशुल्क वितरण गर्ने काम अगाडि बढेको बताए । साथै, सरकारले नागरिक एप चलाउदा पैसा नलाग्ने व्यवस्था गरेको पनि जानकारी दिए ।