कीवर्डहरू -

ग्यापु मार्केप्लेसको मोबाइल एप एक लाखभन्दा बढी डाउनलोड

ग्यापु मार्केप्लेसको मोबाइल एप एक लाखभन्दा बढी डाउनलोड

नेपाली इकमर्स प्लेटफर्म ग्यापुको मोबाइल एप १ लाख भन्दा बढी डाउनलोड भएको छ । गूगल प्ले स्टोरमा ग्यापु मार्केटप्लेसको मोबाइल एप १ लाख भन्दा बढी डाउनलोड भएको हो ।

कोभिड कहरका कारण भएको पहिलो लकडाउनमा उपभोक्तालाई भिडभाडमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै तरकारी, फलफूल, खाद्यान्न लगायत अत्यावश्यक वस्तुको नि:शुल्क होम डेलिभरी गर्दै ग्यापु मार्केटप्लेस (gyapu.com) को सुरुवात भएको थियो ।

‘लकडाउनमा सुरु भएको यात्रा पक्कै पनि सहज थिएन,’ ग्यापुका संस्थापक तथा सीईओ ज्ञानेन्द्र खड्काले भने, ‘सजिलो नभए पनि उपभोक्तालाई सुबिधा दिने हाम्रो प्रणमा हामी रोकिएनौं र निरन्तर अगाडी बढ्यौं। आम उपभोक्ताको साथ र हौसलाले अगाडि बढेको हाम्रो यात्राले बैशाख १ गते पहिलो वर्षगाँठ पनि मनायो।’


ई-कमर्समा अभ्यस्त नभइसकेको नेपाली बजारमा उपभोक्ताको अथाह माया पाएको र जसका कारण गूगल प्ले स्टोरमा ग्यापु मार्केटप्लेसको एप एक लाख डाउनलोड पुगेको उनले बताए ।

दैनिक ७ सय भन्दा बढी नेपालभर नि:शुल्क डेलिभरी गर्दै आएको ग्यापु एक वर्षको अवधिमा धेरैको रोजाइमा पर्न सफल भएको छ ।

‘यो सफलताको श्रेय हाम्रा सम्पुर्ण ग्राहक, भेन्डर र दिन रात नभनि कोभिड कहरको समयमा पनि  निरन्तर खट्ने हाम्रा कर्मचारी र हाम्रो होस्टेमा हैंसे गर्ने सञ्चारकर्मी साथीहरूहरुलाई दिन्छौं। वहाँहरुको साथ र समर्थन विना हाम्रो यो सफल यात्रा सम्भव हुने थिएन। आगामी दिनमा पनि यहाँहरुको साथ, समर्थन र रचनात्मक आलोचनाको अपेक्षा गर्दछौं’ खड्काले भने ।