कीवर्डहरू -

मोबाइल एपबाटै अर्डर गर्नुस् खानेपानी, घर मै आइपुग्छ एक्वा वर्ल्ड

मोबाइल एपबाटै अर्डर गर्नुस् खानेपानी, घर मै आइपुग्छ एक्वा वर्ल्ड

कोरोना संक्रमणले बाहिर जान डर छ । अत्यावश्यकबाहेकको बजार पनि बन्द छ ।संक्रमणको डर भए पनि सुरक्षित हुदै दैनिक उपभोग्य सामान ल्याउनै पर्यो । झन पिउने पानी त नभइ भएन ।

यदि पानी घर मै ल्याइदिए त हुन्थ्यो भन्ने चाहनुहुन्छ भने एक्वा वर्ल्डले उक्त सुविधा उपलब्ध गराएको छ । एक्वा वर्ल्डले सुरक्षाका मापदण्ड अपनाएर घर घरमा पानी उपलब्ध गराउँदै आएको छ ।

मोबाइलमा रहेको एपबाट पानी अर्डर गर्न बित्तिकै घर मै पानी आइपुग्छ । एक्वा वर्ल्डको मोबाइल एपबाट खानेपानी अर्डर गर्न सकिन्छ । एक्वा वर्ल्डको मोबाइल एप एन्ड्रोइड र आईओएस दुबैमा उपलब्ध छ ।

कम्पनीले मोबाइल एपका साथसाथै फोन, भाइबर, ह्वाट्सएपबाट पनि अर्डर लिइरहेको छ । उद्योगबाट सिधैं ग्राहकको घर घरमा गुणस्तरीय पानी पुर्‍याइरहेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीकुमार श्रेष्ठका अनुसार मोबाइल एप, भाइबर, ह्वाट्सएपबाट दैनिक २०० खानेपानी जारको अर्डर आउने गरेको छ ।

इन्फोडेभलपर्सले बनाएको मोबाइल एपमा रियल टाइम डेलिभरी ट्रयाकर पनि थपिदै छ । एक्वा वर्ल्डको मोबाइल एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आईओएका लागि यहाँ क्लिक गर्नुहोस् ।

११ वर्षदेखि खानेपानी उत्पादन गरिरहेको एक्वा वर्ल्डले तीन वर्षदेखि घर सम्मै सेवा उपलब्ध गराउँदै आएको छ ।कम्पनीको उद्योग काठमाडौंको गोकर्णेश्वरमा छ ।

एक्वा वर्ल्डले गुणस्तरीय खानेपानी दिइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीकुमार श्रेष्ठले बताए । ‘हामी गुणस्तरमा बढी केन्द्रित छौं,’ उनले भने ।

‘सन् २०१८ तिर घरमै खानेपानी पुर्‍याउने कुनै माध्यम थिएन । त्यही समस्या देखेर हामीले एक्वा वर्ल्ड सुरू गर्‍यौ,’ उनी भन्छन्, ‘अर्को वर्षदेखि व्यवसायीक रूपमै सार्वजनिक गरेका हौं ।’

कम्पनीले अबको केही दिनमै आईएसओको प्रमाणपत्रसमेत पाउन लागेको उनले जानकारी गराए । ‘पानीको गुणस्तर मेन्टेनका लागि नेपाल सरकारको गाइडलाइन अनुसार हामीले प्रत्येक दिन प्रत्येक व्याचको परीक्षण गरिरहेका छौं,’ श्रेष्ठले आईसिटी समाचारसँग भने, ‘त्यसको मोनिटर हुन्छ । हामीले परीक्षण मात्र गर्दैनौं त्यसको नमुना पनि राखिरहेका हुन्छौं ।’

‘पानीमा कुनै पनि खराबी आयो भने हामी फिर्ता लिएर आउँछौं । अहिलेसम्म त्यस्तो गर्नु त परेको छैन् । तर देखियो भने हामी रिप्लेस गर्छौं । हामीले आईएसओ र नेपाल सरकारको मापदण्ड पुरा गरेर पानीको गुणस्तर मेन्टेन गरेका छौं,’ उनले भने ।

कम्पनीले पानीको गुणस्तर व्यस्थापनका लागि आफ्नै ल्याब समेत सञ्चालन गरेको छ । कम्पनीले नेपाल सरकारको ल्याब र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग पनि पानीको गुणस्तर परीक्षण गरिरहेको छ ।

‘हामीले आफ्नो ल्याबमा मात्र नभएर क्रस चेक पनि गरिरहेका हुन्छौं,’ श्रेष्ठ भन्छन, ‘नेपाल सरकारको ल्याबमा महिनामा १ पटक रखाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा चार महिनामा  एकपटक पानीको गुणस्तर परीक्षण गरिरहेका छौं,’ ।

घरमै पानी पाउनका लागि एक्वा वर्ल्डबाट कम्तिमा पनि २ वटा जार अर्डर गर्नुपर्ने हुन्छ । त्यसपछि कम्पनीले पानी डेलिभरी गर्छ । कम्पनीको सेवा अहिले काठमाडौं उपत्यकामा उपलब्ध रहेको छ ।

साथै कम्पनीले बनेपाको १–२ वटा अफिसमा पानि पुर्‍याउदै आएको छ । कम्पनीमा अर्डर आएमा त्यही दिन वा त्यसको भोलीपल्टसम्म पानी डेलिभरी गर्ने गरेको छ ।

\"\" एक्वा वर्ल्ड प्रालिको ल्याब

‘बिहान ८–९ बजेसम्म कसैले अर्डर गर्नुहुन्छ भने त्यही दिनमै पानी डेलिभर हुन्छ,’ उनी भन्छन्, ‘दिउँसो अर्डर आएमा अरू अर्डर गर्न जाँदा बाटोमा पर्‍यो भने डेलिभरी गर्छौं । नत्र त्यसको भोलिपल्ट गर्छौं,’ ।

कम्पनीले जारको पानीमा एउटा एमआरपी सेट गरेको र त्यसैमा डेलिभरी शुल्क जोडेको श्रेष्ठले बताए । ग्लोब, मास्क, स्यानिटाइजर प्रयोग गरी जार डेलिभर हुन्छ ।

‘त्यो जार उद्योगबाट स्यानिटाइज र प्याक गरेर पठाउँछौं । ग्राहकको जार पनि उद्योगमा आइसकेपछि क्लोरिन वाटरले धुन्छौं’, उनले भने ।

कम्पनीले ग्राहकको माग अनुसार लकडाउन अवधिभर जार रिप्लेस गरिरहेको उनले बताए । ग्राहकबाट उठाएको अरू उद्योगको जार अहिलेसम्म प्रयोग नगरेको र त्यसलाई कसरी प्रयोग गर्ने बारे निस्कर्ष नआएको श्रेष्ठले जानकारी दिए ।

एक्वा वर्ल्ड प्रालिमा अहिले ३० जना कर्मचारीले काम गरिरहेका छन् । यो एक्वा वर्ल्ड स्थापना गर्ने आईडिया श्रीकुमार श्रेष्ठको थियो । ११ वर्ष अगाडि आफ्नो परिवारले सुरू गरेको यस उद्योगमा अहिले श्रेष्ठको पनि केही प्रतिशत शेयर स्वामित्व रहेको छ ।

एक्वा वल्र्डको नयाँ युनिट (उद्योग) पनि स्थापना हुँदैछ । जसबाट छिट्टै १ लिटरको पिउने पानी पनि उत्पादन हुनेछ । यसका लागि सम्पूर्ण मेसिन आइसकेको र हाल प्लान्टको काम भइरहेको उनले जानकारी दिए ।