सोमबार, १ कार्तिक, २०७८
Monday, 18 October, 2021

ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क अटोक्याड सिकाउने

ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क अटोक्याड सिकाउने भएको छ । यो निःशुल्क सेसन जेष्ठ १२ गतेदेखि जेष्ठ १४ गते सम्म सञ्चालन हुनेछ ।

यो सेसन बिहान १० बजदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुने ब्रोडवेले जनाएको छ । ३ दिनसम्म जम्मा ६ घण्टा यो निःशुल्क सेसन सञ्चालन हुनेछ ।

यो निःशुल्क अनलाइन कक्षामा विज्ञ व्यक्तिहरुले प्रशिक्षण दिनेछन् । यसमा अटोक्याडको आधारभूत कुराहरु, फ्रेमवर्क, स्कोप र भविष्य बारे छलफल गरिनेछ ।

यो निःशुल्क अनलाइन कक्षामा सहभागी हुन यहाँ क्लिक गर्नुहोस् । पहिले आएर फाराम भर्नेलाई अनलाइन कक्षाको लागि प्राथमिकता दिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार