कीवर्डहरू -

डिआरएस गेमिङ पब्जी मोबाइलको विश्व सूचीमा ९ नम्बरमा पर्न सफल

डिआरएस गेमिङ पब्जी मोबाइलको विश्व सूचीमा ९ नम्बरमा पर्न सफल

नेपाली पब्जी मोबाइल टिम द रियल सोल्जर्स (डीआरएस) पब्जी मोबाइलको विश्व सूचीमा ९ नम्बरमा पर्न सफल भएको छ ।

इस्पोर्ट्स जेन ले हालै सार्वजनिक गरेको पब्जी मोबाइको विश्व सूचीमा ४९४ प्वाइन्ट प्राप्त गर्दै दक्षिण एशियाबाट डीआरएस गेमिङ ९ नम्बरमा पर्न सफल भएको हो ।

उक्त सूचीको पहिलो र दोस्रो नम्बरमा चीनका क्रमशः टिम वेइबो र नोभा इस्पोर्ट्स पब्जी टिम रहेका छन् । इस्पोर्ट्स जेनले विश्वका उत्कृष्ट ८० पब्जी मोबाइल टिमको नाम सार्वजनिक गरेको थियो ।

यसअघि इस्पोर्ट्स जेनले सार्वजनिक गरेको पब्जी मोबाइल विश्व सूचीमा डिआरएस गेमिङ ५०४ प्वाइन प्राप्त गर्दै दक्षिण एशियाबाट १० नम्बरमा पर्न सफल भएको थियो ।

\"\"

डीआरएस कानुनी रूपमा दर्ता हुने नेपालको पहिलो पब्जी टिम समेत हो । डिआरएस टिममा ५ जना खेलाडी रहेका छन् । जसमा युगेन लामा (माफिया निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन), अञ्जन राई (एआरबोरो) रहेका छन् ।