कीवर्डहरू -

रियलमी जीटीमा एण्ड्रोइड १२ बेटा १ अपडेट आउँदै

रियलमी जीटीमा एण्ड्रोइड १२ बेटा १ अपडेट आउँदै

स्मार्टफोन ब्राण्ड रियलमीले ‘स्न्यापड्रागन ७७८ ५जी’ स्मार्टफोन चांडै ल्याउने घोषणा गरेको छ ।

फ्ल्यागसिप ‘रियलमीजीटी’अन्तर्गत चाँडै एण्ड्रोइड बेटा १अपडेट ल्याउने घोषणा गरेको हो ।

एण्ड्रोइड १२ बेटा १ संस्करण अपडेट पाउने रियलमी जीटी पहिलो स्मार्टफोन हुने कम्पनीले जनाएको छ । अघिल्लो वर्ष कम्पनीकोे ‘रियलमी एक्स५० प्रो’ ‘एण्ड्रोइड ११ बेटा १’ संस्करणकोे अपडेट पाउने पहिलो स्मार्टफोन थियो ।

रियलमीले गुगलसँग सहकार्य गरेर डेभलपरहरु मार्फत एण्ड्रोइड ११ बेटा १ संस्करणमा आधारित रियलमीयुआई २ मा प्रयोगकर्ता प्रतिक्रिया सङलनगरिरहेको छ ।

यस साल २०२१ को पहिलो फल्यागसिप स्मार्टफोन रियलमी जीटीमा एसडीएम ८८८, नयाँ जेनेरेसन कुलिङ सिस्टम, १२० हर्जएमोलेड डिस्प्ले, ६५ वाट सुपरडार्ट चार्जिङ र ४५०० एमएएच ब्याट्री समायोजन गरि निर्माण गरिएको हो ।

यसको उत्कर्ष प्रदर्शनले प्रयोगकर्तालाई एण्ड्रोइड १२ बेटा १ को झनै बढी मज्जाको लिन सक्ने कम्पनीको भनाइ छ ।

स्न्याप ड्रागन ७७८जी५ जीरियलमी स्मार्टफोन

रियलमीले क्वालकमसँग सहकार्य गरेर आफ्नो पछिल्लो उत्पादनमा प्रयोगकर्ता माझ नयाँ प्रविधि ल्याउन लागेको छ ।

यस वर्षको शुरुमा सार्वजनिक एसडीएम ८८८ द्वारा सुसज्जित पहिलो स्मार्टफोन रियलमी जीटी थियो । रियमलीले आगामी मोडेल सांकेतिक नाम ‘क्विकसिल्भर’मा काम गरिरहेको छ।

स्न्यापड्रागन ७७८ जी ५ जीको मोबाइल प्लेटफर्म ६ एनएम चिपसहित क्वालकम कृयो ६७० सिपियुमा आधारित रहेकोछ । उत्कृष्ट ऊर्जा दक्षताका साथ यसले ४० प्रतिशत प्रदर्शनमा सुधार गर्ने विश्वास कम्पनीको छ ।

यसको एड्रेनो ६४२ एलजीपीयु ग्राफिक्स रेनडरिङ्गगति अघिल्लो जेनेरेसनको भन्दा ४० प्रतिशत तीव्र छ । जीटी मोड र नयाँकुलिङ सिस्टमको साथमा रियलमीले आउँदो उपकरणमा अग्रिमप्रदर्शन ल्याउनेछ ।