कीवर्डहरू -

त्रिविको स्नातक प्रथम वर्षको परीक्षा आवेदन फाराम अनलाइनबाटै भर्न सकिने, यस्तो छ तरिका

त्रिविको स्नातक प्रथम वर्षको परीक्षा आवेदन फाराम अनलाइनबाटै भर्न सकिने, यस्तो छ तरिका

त्रिभुवन विश्वविद्यालयको स्नातक तह प्रथम वर्षका परीक्षार्थीहरुले अनलाइनबाटै परीक्षा आवेदन फाराम भर्न सक्ने भएका छन् ।

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको आज एक सूचना सार्वजनिक गर्दै स्नातक तहको प्रथम वर्षका आवेदन फाराम छुटेका परीक्षार्थीहरुले जेठ १२ गतेदेखि २० गतेसम्म अनलाइनबाट परीक्षा आवेदन फाराम भर्न सक्ने जनाएको छ ।

अनलाइनबाटै परीक्षा आवेदन फाराम भर्न यहाँ क्लिक गर्नुहोस् । त्यसपछि अनलाइन फर्ममा क्लिक गरेर प्राप्त निर्देशन अनुसार परीक्षा आवेदन फाराम भर्न सकिने छ ।

जेठ २४ गतेदेखि ७ दिन उक्त वेबसाइट बन्द गरिने र असार १ देखि ७ गतेसम्म दोब्बर दस्तुर बुझाई फाराम भर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

साथै फाराम भर्न छुटेका आंशिक प्राइभेट विद्यार्थीहरुले जेठ २४ गतेदेखि जेठ ३० गतेसम्म सम्पर्क राखि फाराम भर्न सुचित गराइएको छ ।

हर्नुहोस् सूचना

\"\"