कीवर्डहरू -

चीनको जुरोङ रोभर मङ्गल ग्रहको सतहमा चल्न थाल्यो

चीनको जुरोङ रोभर मङ्गल ग्रहको सतहमा चल्न थाल्यो

चीनको पहिलो मङ्गल ग्रह रोभर ग्रहको सतहमा चल्न थालेको छ ।

चीनको राष्ट्रीय अन्तरिक्ष प्रशासनले गत हप्ता जुरोङ रोभर सफतापूर्वक मङ्गल ग्रहमा लञ्च गरेको बताएको थियो । यो रोभर युटोयिा प्लानिटियासम्म गएको थियो ।

यसले आफ्नो मोबाइल मिसन सुरु गरेको चीनले बताएको छ । जुरोङले आफ्नो हाई रिजोल्युसन टेरेन क्यामेरा र अरु उपकरणहरु प्रयोग गरेर मङ्गल ग्रहको माटोको जाँच गराउने भएको छ ।

सोलारपावरबाट चल्ने यस रोभरले सतह तल पानी वा हिउँ छ की भनेर पनि जाँच गर्नेछ । चीनको बाहेक अमेरिकाको मात्रै मङ्गल ग्रहको सतहमा रोबोट रहेको छ ।