कीवर्डहरू -

चुनावमा ड्रोन र सिसी क्यामेरा प्रयोग हुन्छ –प्रधानमन्त्री ओली

चुनावमा ड्रोन र सिसी क्यामेरा प्रयोग हुन्छ –प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावलाई निस्पक्ष बनाउन प्रविधिको गर्ने बताएका छन् ।

ओलीले आइतबार बालुवाटरमा पत्रकार सम्मेलमा चुनावलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष बनाउन ड्रोन र सीसी क्यामेरा प्रयोग गर्ने बताएका हुन् ।

चालु संसद विघटन गरेर कात्तिक र मंसिरमा चुनाव घोषणा भइसकेको छ ।

चुनावमा सिसी क्यामेरा राख्ने र ड्रोनबाट भिडियो खिचेर निश्पक्ष चुनाव गर्ने बताएका हुन् ।

अहिलेको युग भनेको सिसी क्यामेरा र ड्रोनको भएको भन्दै यसको प्रयोग गर्ने बताए ।

‘यो सिसी क्यामेराको जमाना हो । आज ड्रोनको समय हो । ड्रोन प्रयोग गरेर माथिबाट गतिविधि खिचिने छ,’ उनले पत्रकार सम्मेलमा भनेका थिए ।