कीवर्डहरू -

भर्चुअल रूपमा सम्पन्न भयो नेपाल प्रहरीको वैशाख महिनाको मासिक कार्य प्रगति समीक्षा

भर्चुअल रूपमा  सम्पन्न भयो नेपाल प्रहरीको वैशाख महिनाको मासिक कार्य प्रगति समीक्षा

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरीको वैशाख महिनाको मासिक प्रगति समीक्षा कार्यक्रम आइतबार प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रहरीको कार्ययोजना-२०७७ र कार्य सम्पादन सम्झौताको बारेमा समीक्षा गरिएको हो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापाले प्रहरी प्रधान कार्यालयबाट भर्चुअल सम्बोधन गर्दै कोभिड-१९ को कारण उत्पन्न विषम परिस्थितिमा पीपीई, अक्सिजन सिलिन्डर, मास्क, अक्सिमिटर लगायतका स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक सामग्रीहरुको कालोबजारी नियन्त्रणमा सशक्त भई लाग्न निर्देशन दिए । स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय राखि काम गर्नुपर्नेमा उनले जोड दिए ।

प्रहरी महानिरीक्षक थापाले प्रहरी कर्मचारीहरुले पेशागत रुपमा आफ्नो भूमिका निर्वाह गर्ने क्रममा सहज बातावरणको सिर्जना गर्ने गरी हौसला प्रदान गर्न प्रदेश प्रहरी प्रमुखहरुले विषेश ध्यान दिनुपर्ने बताए ।

संक्रमित कर्मचारीहरुको उपचार व्यवस्था, स्वास्थ्य सामग्री तथा खोप व्यवस्थापनको साथै कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा विषेश चनाखो हुनेपर्ने उनले उल्लेख गरे ।

प्रहरी महानिरीक्षक थापाले बद्लिदो परिस्थितिमा शान्ति सुरक्षा कायम, निषेधाज्ञालाई थप कडाईका साथ कार्यान्वयन, अपराध अनुसन्धान तथा नियन्त्रणका लागि प्रचलित ऐन कानुनको परिधिभित्र रहेर संगठनको नीति एवम् निर्देशन अनुसार काम गर्नुपर्ने बताए ।

प्रत्येक प्रदेश प्रहरी कार्यालयहरुलाई आवश्यक साथ र सहयोगका लागि प्रहरी प्रधान कार्यालय सदैव तत्पर रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा ६ वटा प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रतिनिधिले भर्चुअल रुपमा आ-आफ्नो कार्यालयबाट गत वैशाख महिनामा सम्पन्न भएका कार्यहरु सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

प्रस्तुतीकरणमा निषेधाज्ञा कार्यान्वयन, कोभिड रोकथाम तथा नियन्त्रण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, सुरक्षा निकाय तथा अन्य निकायहरुसँगको समन्वय र सहकार्यको प्रभावकारिता र वर्तमान अवस्थाको विश्लेषण गरी सम्पादन गरिएका उल्लेखनीय कार्य तथा उपलब्धीबारे विस्तृत विवरण समेटिएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरुको उपस्थितिका साथै ६ वटा प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रतिनिधिको भर्चुअल उपस्थिति रहेको थियो ।