कीवर्डहरू -

यो हो एकै ठाउँ ४५ भन्दा धेरै काम गर्न सकिने ‘पिडिएफ एडिटर’

यसलाई अनलाइन र डेस्कटप भर्सनमा प्रयोग गर्न सक्नुहुन्छ ।

यो हो एकै ठाउँ ४५ भन्दा धेरै काम गर्न सकिने ‘पिडिएफ एडिटर’

यदि तपाईले पिडिएफ फाइल एडिट सम्बन्धी कुनै पनि काम गर्न चाहनुहुन्छ भने एकदमै सजिलो तरिका छ ।

एउटा टुल्समार्फत पिडिएफको वर्ड, फोटो सच्याउनेदेखि पिडिएफलाई वर्डफाइलमा कन्र्भट गर्नेसम्मको ४६ वटा काम गर्न सकिन्छ । जसमा एडिट गरेर पनि उक्त टुल्सले आफ्नो वाटरमार्क राखेको हुदैन ।

पिडिएफ फाइल सम्बन्धि सम्पुर्ण काम गर्न सकिने सबैभन्दा सजिलो टुल्स हो- Sejda.com
यो एउटा यस्तो सजिल्लो पिडिएफ एडिटर हो जहाँ पिडिएफ सम्बन्धि ४६ वटा अप्सनहरु उपलब्ध गराएको छ ।
यसबाट फाइल कम्प्रेस गर्न, एडिट गर्न, सिग्नेचर राख्न, मर्ज गर्न, पेज डिलिट गर्न, पेज क्रप गर्न लगायका थुप्रै काम गर्न सकिन्छ ।

पिडिएफबाट विभिन्न फम्र्याटमा कन्र्भट गर्न सकिन्छ । जस्तो कि पिडिएफबाट एक्सल, जेपिजी, पावरप्वाइन्ट, टेक्स्ट, वर्डफाइलमा पनि परिवर्तन गर्न सकिन्छ ।

त्यस्तै, तपाईले एचटिएमएलबाट पिडिएफ, जेपिजीबाट पिडिएफ र वर्ड फाइलबाट पिडिएफमा परिवर्तन गर्न सकिन्छ ।

\"\"

त्यस्तै, यसमा रहेको स्प्लिट अप्सनबाट विभिन्न काम गर्न सकिन्छ । यस अप्सनबाट एक्ट्राक्ट पेज, टुक्राउन, बुकमार्क, पेजलाई आधा टुक्राउन, साइज र टेक्स्ट घटाउन पनि सकिन्छ ।

यसमा रहेको अल टुल्स अप्सनभित्र पिडिएफमा काम गर्न सकिने ४६ वटा विभिन्न अप्सनहरु छन् ।
यसमा अन्य वेबसाइटबाट फाइल लोड गर्न सकिन्छ । हाइपरलिंकलाई सर्पोट गर्छ, पिडिएफबाट पेज हटाउन सकिन्छ र फोटो वा सेप्सहरु राख्न सकिन्छ ।

तपाईले यसलाई अनलाइन र डेस्कटप भर्सनमा प्रयोग गर्न सक्नुहुन्छ । अनलाइन र डेस्कटप भर्सनमा भने केही फरक छ । डेस्कटप भर्सनले अलि धेरै फन्टहरुलाई सर्पोट गर्छ ।

यसमा प्रत्येक घण्टामा तीनवटा मात्र पिडिएफ प्रयोग गर्न सकिन्छ । २ सय पेजभन्दा कम पेज प्रयोग गर्न सकिन्छ ।

५० एमबीभन्दा ठूलो फाइल यसले एडिट गर्न सक्दैन ।