कीवर्डहरू -

डिलिट गरेको फाइल कसरी रिकभर गर्ने ?

डिलिट गरेको फाइल कसरी रिकभर गर्ने ?

कुनै फाइल तपाईले झुक्किएर डिलिट गरिदिनुभयो वा फाइलको कुनै भाग डिलिट भएमा एकदमै दिक्क लाग्ने गर्छ ।

धेरैजस्तो बेला यस्तो भएमा फाइल ‘रिसाईकल बिन’ मा बसिरहेको हुन्छ । त्यही कारणले सबैभन्दा पहिले रिसाईकल बिनमा नै खोज्नुपर्छ ।

रिसाईकल बिनमा डबल क्लिक गरेर भित्र केके छ भनेर थाहा हुन्छ । यसपछि सामान्यतया त्यो फाइललाई डेक्सटपमा ड्रयाग गरेपछि त्यो फाइल पुनः प्रयोग गर्न सकिन्छ ।

फाइल हिस्ट्री प्रयोग गरेर डिलिट गरेको फाइल कसरी रिकभर गर्ने ?

ब्याकअप अन नगरेको खण्डमा फाइल हिस्ट्री ब्याकअप प्रयोग गरेर पनि फाइल रिकभर गर्न सकिन्छ । यदि अन गर्नुभएको छैन् भनेर तलको प्रक्रिया प्रयोग गर्न सक्नुहुनेछ ।

तपाईको पिसीमा विन्डोज टेन चलिरहेको भएमा स्टार्ट बटन सेलेक्ट गर्ने र सेटिङ्गमा थिचेर अपडेट एण्ड सेक्युरिटी भन्ने अप्सनमा थिच्नुपर्छ ।

यसपछि ब्याकअप भन्ने अप्सनमा थिच्ने र त्यहाँ आड अ ड्राइभ भन्ने अप्सन आउँछ र त्यसमा थिच्ने । यति गरेपछि ब्याकअपका निम्ति  एक्सटर्नल ड्राइभर वा नेटवर्क लोकेसन छान्नुपर्छ ।

अब महत्वपूर्ण फाइल वा फोल्डर रिस्टोर गर्न के गर्ने त ?

१. सर्वप्रथम टास्कबारको सर्च बक्समा गएर रिस्टोर फाइल्स भनेर टाइप गर्नुपर्छ । त्यसपछि ‘रिस्टोर योर फाइल्स विथ फाइल हिस्ट्री’ भन्ने अप्सनमा थिच्नुपर्छ ।

यति गरेपछि आफूलाई चाहिएको फाइल खोज्ने र त्यहाँ एउटा एरो पनि हुन्छ जसले त्यो फाइलको सबै भर्सनहरु ह्ेर्न दिन्छ । आफूलाई मनपर्ने भर्सन पाएपछि र्सिटोरमा थिचेर पहिलेको ठाउँमा सेभ गर्न सकिन्छ ।

छुट्टै ठाउँमा सेभ गर्नुपरेमा रिस्टोर अप्सनलाई एकछिन सम्म थिचिरहने र त्यसपछि त्यहाँ रिस्टोर टू भन्ने अप्सन आउँछ र नयाँ लोकेसन छान्न सकिन्छ ।

ब्याकअप नभएमा के गर्ने त ?

तपाईसँग कुनै ब्याकअप छैन् र तपाईको फाइल पनि ट्रयासमा छैन् भने तपाईले विभिन्न फाइल रिकभरी प्रोग्रामहरु प्रयोग गर्न सक्नुहुन्छ । उदाहरणका लागि पिरिफर्म रेकुभा वा स्टेलार डेटा रिकभर जस्ता रिकभरी प्रोग्रामहरु हुने गर्दछन् ।

पहिले म्याकको लागि रहेको तर अहिले विन्डोजमा पनि उपलब्ध रहेको डिस्क ड्रिल पनि एउटा राम्रो विकल्प हो । यसले आदि लेखेको हराएको फाइल, हार्ड ड्राइभ रिर्फम्याटिङ, बुट अप गर्न नसकेको, झुकेर डिलिट गरेको जस्तो समयमा एकदमै मद्दत पु¥याउने गर्दछ ।

अर्काे विकल्प खोज्नुपर्दा के त्यो फाईल तपाईले कसैलाई ईमेल गर्नुभएको थियो की भन्ने पनि सम्भावना हेर्नुपर्छ । ड्रपबक्स, आईक्लाउड वा स्काईड्राईभमा फाइलको कपी सेभ गरेको छ की भनेर पनि एकपल्ट हेर्दा राम्रो हुन्छ । तर ब्याकअप राख्न भने सबैभन्दा महत्वपूर्ण स्टेप हो ।