कीवर्डहरू -

कम्प्यूटर वा अरु उपकरणमा गीत कसरी डाउनलोड गर्ने ?

कम्प्यूटर वा अरु उपकरणमा गीत कसरी डाउनलोड गर्ने ?

अहिले महामारीका कारण हामी सबै घरभित्र छौं । यो बेला कम्प्युटरको प्रयोग धेरैभन्दा धेरै भएको छ ।
कम्प्युटरमा काम गर्दै गीत सुन्न पनि मजा नै हुन्छ ।

हामी कतिले अनलाइनबाटै गीत सुन्ने गर्छौ । कहिलेकाँही नेटले गर्दा समस्या हुनसक्छ ।

त्यसको लागि अफलाइन मै डाउनलोड गरेर गीत राख्न सकिन्छ । त्यसको लागि के गर्न सकिन्छ त ? हामीले यसबारेमा जानकारी गराउँदै छौं ।

गीत सुन्नका लागि दुई ओटा विकल्प हुनेगर्दछ ।
१. सिधै आफ्नो डिभाइसमा म्यूजिक डाउनलोड
२. क्लाउड सेवा प्रयोग गरेर गीत स्ट्रीम

गीत डाउनलोड कसरी गर्ने ?

गीत डाउनलोड गरेपछि अफलाइन पनि सुन्न मिल्ने हुन्छ । यसले डिभाइसको स्पेस खाएता पनि गीत सुन्न एकदमै सजिलो हुन्छ । कतै घुम्न जाँदा पनि इन्टरनेट कनेक्सन नभएको ठाउँमा गीत सुन्न मिल्ने हुन्छ । डाउनलोड गर्नका निम्ति केही एक्दमै राम्रा एपहरु छन् ।

आफ्नो डिभाइसमा निःशुल्क गीत डाउनलोड गर्नका लागि एमपिथ्री ज्याम र फ्रस्टवायर जस्ता एपहरुबाट  डाउनलोड गर्न सकिन्छ । यसका लागि तपाईले एप डाउनलोड गर्नुपर्छ र आफूलाई मनपर्ने गीत सर्च गर्नुपर्छ । यति गरेपछि डाउनलोड भन्ने अप्सन आउँछ र अफलाइन गीत सुन्न सकिन्छ ।

एप डाउनलोड नगरिकनै गीत अफलाइन डाउनलोड गर्न के गर्ने त ?

एपनै डाउनलोड नगरिकन केही वेबसाइटहरुबाट पनि अफलाइन गीत डाउनलोड गर्न सकिन्छ । यसको लागि युट्युबमा गएर आफूलाई मनपर्ने गीत सर्च गर्ने । त्यसपछि भिडियोको सेयर बटनमा गएर लिङ्क क्लीपबोडका कपी गनुपर्छ । यति गरेपछि क्रोममा गएर युट्युब टू एमपीथ्री भनेर लेख्ने र त्यहाँँ केही वेबसाइटहरु देखाउँछ ।

कुनै एक वेबसाइटमा थिचेर लिङ्क राख्ने भनेको ठाउँँमा पेस्ट गर्ने र कन्भर्ट भन्ने अप्सनमा थिच्नुपर्छ । त्यसपछि डाउनलोड भन्ने अपसन आउँछ जसमा थिचेपछि तपाईले चाहेको गीत तपाईको फाईल म्यानेजर वा म्युजिक प्लेयरमा आएर बस्छ ।

म्यूजिक स्ट्रीम कसरी गर्ने त ?

स्ट्रीमिङ गर्न खोज्दा तपाई असीमित गीतहरुको पहुँच पाउँन सकिन्छ । गीत स्ट्रीम गर्ने चर्चित एपहरुमा प्यानडोरा र स्पटीफाई पर्ने गर्दछन् । यी एपहरुमा गीतहरु पहुँच पाउनका लागि इन्टरनेट कनेक्नसन चाहिन्छ ।

आईफोनका लागि स्पटिफाई र आईटयुन जस्ता एपहरुबाट गीत सुन्न सकिन्छ भने एन्ड्रोइडका लागि जेटअडियो, पावरएम्प जस्ता एपहरु प्रयोग गर्न सकिन्छ ।