कीवर्डहरू -

एनसेलले एक वर्षमा थप्यो २ सय ६९ बिटिएस टावर

एनसेलले एक वर्षमा थप्यो २ सय ६९ बिटिएस टावर

निजी क्षेत्रको अग्रहणी मोबाइल सेवा प्रदायक एनसेलले एक वर्षमा २ सय ६९ वटा बिटिएस टावर थपेको छ । यो सँगै एनसेलका कुल टावरको संख्या ६ हजार ७ सय ६७ पुगेका छन्।

उसले थ्रिजी र फोरजीका उक्त टावरहरु निर्माण गरेको हो ।

एनसेलको मुख्य लगानीकर्ता आक्जिआटाले निकालेको पहिलो त्रैमासिक वित्तीय विवरण, २०२१ अनुसार एनसेलले एक वर्षमा फोरजी सर्पोट गर्ने १ सय ७१ वटा बिटिएस टावर निर्माण गरेको छ ।

यो सँगै एनसेलका फोजरी टावर ३ हजार ४ सय ६१ पुगेका छन् ।

त्यस्तै, एनसेलले एक वर्षमा ९८ वटा थ्रिजी टावर निर्माण गरेको छ । यो सँगै उसका कुल थ्रिजी टावर ३ हजार ३ सय छ रहेका छन् ।

एनसेलका कुल टावरको संख्या ६ हजार ७ सय ६७ पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

दूरसञ्चार कम्पनीहरुले हरेक वर्ष बिटिएस टावर जस्ता पूर्वाधार निर्माणमा करोडौं रुपैया खर्च गरिरहेका हुन्छ । दूरसञ्चार कम्पनीहरुले एउटै पूर्वाधार प्रयोग गर्ने भनेर सहप्रयोगको नीति अगाडि सारिए पनि लागु हुन सकेको छैन ।