कीवर्डहरू -

‘छोरीसँग सेल्फी’: जागलानले छोरी जन्मिदा भोगेको नमिठो अनुभवबाट सुरु भएको अभियान 

‘छोरीसँग सेल्फी’: जागलानले छोरी जन्मिदा भोगेको नमिठो अनुभवबाट सुरु भएको अभियान 

‘सेल्फी विथ डटर’ अर्थात छोरीसँग सेल्फी अभियान भारत हरियाणा बिबिपुरका सुनिल जागलानसँग जोडिएको नमिठो घटनासँग सम्बिन्धित छ ।

उनले आफ्नो छोरी जम्मिदा भोगेको नमिठो अनुभवसँगै वेदभाव विरुद्धको अभियान सुरु भयो । जुन आज भारत, नेपालसँग विश्वका कैयन देशमा सेल्फी विथ डटर भन्ने अभियानका रुपमा चर्चित छ ।

छोरीसँग सेल्फी खिच्नु आफैमा रमाइलो र खुसीको कुरा हो । भारतबाट सुरु भएको यो अभियान नेपालमा पनि औपचारिक सुरुवात भइसकेको छ ।

आज हामीले यो के हो ? कसरी सुरु भयो र कसरी भाग लिने भनेर चर्चा गर्दै छौं ।

\"\"

यसरी सुरु भयो ‘सेल्फी विथ डटर’ अभियान

सन् २०१२ मा जागलानकी छोरीको जन्म भयो । अस्पतालमा छोरी जन्मिएपछि नर्सहरुको अनुहारमा देखिएको भावले जागलानलाई पीडा महसुस भएको थियो ।

उनका अनुसार छोरी जन्मिदा नर्सको व्यवहार राम्रा थिएन ।

अस्पतालबाट बच्चा लिएर डिस्चार्ज हुनलाग्दा उनले नर्सहरुलाई मिठाई किन्न भनेर दुई हजार रुपैयाँ दिए तर नर्सले लिन मानेन् ।

‘छोरा भएको भए हामी लिन्थिम तर छोरी जन्मिएको कारण हामीलाई १०० रुपैयाँ मात्रै दिए पुग्छ,’ उनीहरुले भने ।

यो घटनाले उनलाई विक्षिप्त बनायो । अस्पतालका नर्समा नै रहेको यो सोँचले छोरीप्रतिको भेदभाव कसरी झाँगिएर रहेको छ भन्ने कुरामा उनलाई पीडा भयो ।

त्यसपछि उनी समाजमा रहेको छोरीको प्रतिको भेदभाव हटाउने अभियानमा लागे ।
सुनिल जागलानका अनुसार एक दिन उनकी छोरी मोबाइलमा सेल्फी खिच्दै थिइन् र उता टिभिमा पनि सलमान खानको ‘सेल्फी ले ले रे....’ भन्ने गीत आइरहेको थियो ।

सेल्फी सबैमा चर्चित हुदै थियो । सामान्य युवा पुस्तादेखि प्रधानमन्त्रीसम्मले सेल्फीबाट प्रभावित भएका थिए ।
त्यस कुराले सेल्फीले जागलानको मनमा छोइसकेको थियो ।

उनले जुन ९, २०१५ मा आफ्नी छोरीसँग सेल्फी खिचे र सामाजिक सञ्जालमा हालिदिए ।

उनले त्यसलाई प्रतिस्पर्धा भनेर घोषणा गरे । ‘आआफ्नो छोरीसँग खिचेको तीन ओटा राम्रो सेल्फीलाई पुरस्कृत गरिने छ,’ उनले सामाजिक सञ्जालमा घोषणा गरे । उनको त्यो घोषणा भाइरल भयो ।

सुनिल जागलानका अनुसार यो अभियानको पछाडि विशेष कारण जोडिएको छ ।

उनले सन् २०१२ मा भारत सरकारले ल्याएको ‘बेटी बचाओ’ अभियानलाई पनि उनले समर्थन गरेका थिए ।

‘सेल्फी विथ डटर अभियान’को सफलतामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन राष्ट्रपति स्व.प्रनब मुखर्जीको पनि जगलानलाई गरेका थिए । मोदी र मुखर्जीले यो अभियानलाई सार्वजनिक फोरममा ल्याउन मद्दत पु¥याए ।

‘सेल्फी विथ डटर’ अर्थात छोरीसँग सेल्फी लैगिंक समानताका लागि भारतका सुनिल जागलानले सुरु गरेको अभियान हो । यो अभियानले भारतमा धेरै चर्चा पाइसकेको छ ।

७० भन्दा बढि देशको सहभागिता रहेको लाखौँ सल्फीहरु  धधध।कभािष्भधष्तजमबगनजतभच।यचन को वेबसाइटमा संग्रह भइसकेका छन् ।

महिला सशक्तिकरण तथा लैगिंक समानताको मूलमर्म बोकेको यो अभियान नेपाल पनि सुरु भइसकेको छ। यो अभियानमा भारतको सेल्फी विथ डटर फाउण्डेसन र नेपाल इन्टरनेट फाउण्डेसनको सयुंक्त रुपमा सुरु गरेका छन् ।

भारतको हरियाणा बिबिपुरबाट सुनिल जागलानद्वारा सुरु गरेको यो अभियान अहिले विभिन्न देशहरुमा प्रख्यात भइरहेको छ । सेल्फी विथ डटर अभियानले छोरीहरुको मुहारमा मुस्कान थप्नुको साथै महिलामा हुने भेदभाव, लैगिंक असमानता जस्ता व्यवहारमा आमूल परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

महामारीको समयमा धेरै नै महिलाहरु प्रति घरेलु हिंसा बढेकाले यो अभियानले केही सकारात्मक परिवर्तन ल्याउने आशा गरिएको छ । यो नयाँ अभियानले छोरीहरुको महत्व र अधिकार सुनिश्चित गर्ने विश्वास गरिएको छ ।

\"\" सेल्फी विथ डटर प्रतियोगिता

सेल्फी विथ डटर प्रतियोगितामा आफ्ना छोरीसँग सेल्फी खिचेर प्रतिस्पर्धामा भाग लिइन्छ ।

यसमा ‘बेस्ट सेल्फी टाइटल’लाई प्रतिस्पर्धा हुन्छ । सेल्फी विथ डटरमा सहभागी भएका सेल्फीहरुलाई प्रथम, दोस्रो र तेस्रो श्रेणीमा विभाजित गरेर पुरस्कृत पनि गरिनेछ ।

यस प्रतियोगितामा प्रथम हुनेले सिल्ड, सेल्फी विथ डटरको सर्टिफिकेट सहित २१ हजार रुपैयाँ नगद पाउनेछन्। त्यस्तै दोस्रो हुनेले सिल्ड, सेल्फी विथ डटरको सर्टिफिकेट सहित ११ हजार रुपैयाँ नगद पाउनेछ।

तेस्रो हुनेले सेल्फी विथ डटरको सर्टिफिकेट सहित ५ हजार १ सय रुपैयाँ नगद पाउनेछन् । ‘बेस्ट सेल्फी विथ डटर’ टाइटल नेपालको तर्फबाट ३ ओटा र भारतको तर्फबाट ३ ओटा राम्रो सेल्फीलाई प्रदान गरिने आयोजकले जनाएको छ ।

यहीसँगै सबैभन्दा सक्रिय भोलेन्टियरलाई यो वर्षभरी नेपालको लागि ‘एम्बासेडर फर सेल्फी विथ डटर’ अभियानमा छनौट गरिनेछ ।

यस अभियानमा सहभागी हुनका लागि आआफ्नो छोरीसँग हाँस्दै गरेको सेल्फी खिचेर सामाजिक सञ्जालमा ह्यासट्याग सेल्फी विथ डटर भनेर हाल्नुपर्नेछ । त्यस्तै सेल्फी विथ डटर डट आईएन पोर्टलमा पनि हाल्न सकिन्छ वा ह्वाटसएपमा ९८०१००००४४ मा पठाउन सकिन्छ ।