कीवर्डहरू -

रुसले गूगललाई अनैतिक सामाग्री नहटाएको भनेर ८२ हजार डलर जरिवाना तिरायो

रुसले गूगललाई अनैतिक सामाग्री नहटाएको भनेर ८२ हजार डलर जरिवाना तिरायो

रुस प्रशासनले गूगललाई अनैतिक सामाग्री नहटाएको भनेर ८२,००० डलर जरिवाना तिराएको छ । मकाउको अनलाइन सामाग्री डिलिट गर्न नमानेकाले गूगललाई यो जरिवाना तिर्न लगाइएको हो ।

रोस्कोम्नाडजोर ईन्टरनेट कमिसनले गूगललाई २४ घण्टा दिदै रुसले अनैतिक सामाग्री भनेर छुट्याएको २६,००० कन्टेन्टहरुलाई हटाउन अल्टिमेटम दिएको थियो ।

गूगलले भनेको नमानेमा आफ्नो वार्षिक आम्दानीको १० प्रतिशत जरिवाना तिर्नुपर्ने पनि बताएको थियो ।

रोयटर्सका अनुसार रोस्कोम्नाडजोरले पनि गूगललाई प्रशासनीक मामिलामा दखल गरेको आरोपको विरुद्धमा २७,२०० डलर जरिवाना तिराएको छ ।

क्रेमलिन आलोचक एलेक्जेई न्याभाल्नीलाई प्रक्राउ गरेदेखि रुसमा यो वर्षको सुरुवात देखिनै आन्दोलनहरु भईरहेका छन् र मस्काउले गूगल, फेसबुक, ट्वीटर र अरु साइटहरुले बालबालिकालाई पनि आन्दोलनमा सहभागी हुन प्रोत्साहन गर्ने खालको कन्टेन्ट ल्याएको आरोप लगाएको थियो ।

रोस्कोम्नाडजोरका अनुसार ट्वीटरले बालबालिकालाई उत्पीडन गर्ने खालको सामाग्री, लागु पदार्थको प्रयोग र आत्महत्या गर्नलाई प्रोत्साहित गरेको छ । गूगलका लागि रुसको अन्तिम निर्णय आउन अझै पनि बाँकीनै छ ।