कीवर्डहरू -

अमेजनका सीईओ जेफ बेजोसले पदबाट राजीनामा दिदै

अमेजनका सीईओ जेफ बेजोसले पदबाट राजीनामा दिदै

अमेजनका प्रमुख कार्यकारी अधिकृत जेफ बेजोस जुलाई ५ मा पदबाट राजीनामा दिने भएका छन् । कम्पनीको बुधबार वार्षिक सेयरहोल्डर मिटिङ भएको थियो र सोही मिटिङमा बेजोसले पद त्याग्ने घोषणा गरेका हुन् ।

पदमुक्त भएपछि बेजोस अमेजनको कार्यकारी अध्यक्ष हुनेछन् । अमेजन वेब सर्भिसेजका (एडब्लुएस) सिईओ एन्डी ज्यासीले अमेजनको प्रमुख कार्यकारी अधिकृत पदको अभिभारा सम्हाल्ने छन् ।

बेजोसका अनुसार २७ वर्ष अघि जुलाई ५ मानै अमेजन स्थापित भएकाले यो मिति उनका लागि एकदमै भावनात्मक रहेकाले सोही मितिमा उनले पद त्याग्ने सोचेका छन् ।

कार्यकारी अध्यक्षको पद लिएर उनले नयाँ प्रडक्ट र पहलहरुमा ध्यान दिने पनि बताएका छन् । ज्यासी सन् २००३ देखिनै एडब्लुएसका संस्थापन समूहमा रहेका थिए ।

सन् २०१६ देखि उनी एडब्लुएसको सीईओ पदमा नियुक्त भएका थिए । सन् २०२१ को पहिलो तीन महिनामा एडब्लुएसले १३.५ बिलियन डलर आम्दानी गरेको छ ।

यो भनेको अमेजनको सम्पूर्ण आम्दानीको १२ प्रतिशत हो । अमेजनले अहिले अमेरिका र यूरोपबाट अविश्वास प्राप्त गरिरहेको छ ।