कीवर्डहरू -

फेसबुकले अब कोभिड–१९ ‘मानव निर्मित’ हो भन्ने पोष्टहरु डिलिट नगर्ने

फेसबुकले अब कोभिड–१९ ‘मानव निर्मित’ हो भन्ने पोष्टहरु डिलिट नगर्ने

फेसबुकले कोभिड–१९ ‘मानव निर्मित’ हो भन्ने पोस्टहरु अब देखि डिलिट नगर्ने भएको छ ।

सामाजिक सञ्जाल फेसबुकले गलत जानकारी सम्बन्धी नियमहरु परिमार्जित गरेर अब कोरोना ल्याबमा वा कुनै सरकारले निर्माण गरेको हो भन्ने खालको पोस्टहरु नहटाउने भएको छ ।

अमेरिकाका राष्ट्रपति जो बाईडेनले कोरोनको उत्पत्तिबारे अनुसन्धान गराउन सुरु भएदेखि फेसबुकमा यो परिवर्तन आएको हो । उनले महामारी कुनै जनावर संक्रमित भएर मान्छेमा सरेको हो की ल्याबमा लापरवाहीले भनेर छानबिन गर्न लगाएका छन् ।

यही कुरा देखि ल्याब घटना भन्ने सिद्धान्तले फेरि गति लिएको छ । यो सिद्धान्तका अनुसार कोभिड महामारी वुहानको एक ल्याबमा वैज्ञानिकहरु कोभिड अध्ययन गर्दै गर्दा सुरु भएको हो भन्ने रहेको छ ।

विश्व स्वास्थय संगठनले पनि आफू कोभिड महामारी उत्पतिको बारेमा सबै परिकल्पनाहरु सुन्नलाई तयार भएको बताएको छ तर संगठनको अन्वेषकहरुले ल्याब सिद्धान्त सही नभएको बताएका छन् ।

पहिले फेसबुकले कोभिडलाई मानव निर्मित वा सरकारले बनाएको जैविक हतियार भनिएको पोस्टहरु हटाउने गर्दथ्यो तर अब फेसबुकले त्यस्तो गर्दैन् ।

वैज्ञानिकहरु सत्य के हो भन्ने विषयमा अल्झिरहँदा फेसबुकले आफ्नो प्रयोगकर्ताहरुलाई पनि यो विषयमा छलफल गर्नका लागि प्लेटफर्म खोलिदिएको छ ।