कीवर्डहरू -

११ हजार ३ सय ६६ सामुदायिक विद्यालयमा कम्प्युटर सुविधा, १ हजार १२ माबिमा आइटी ल्याब स्थापना

११ हजार ३ सय ६६ सामुदायिक विद्यालयमा कम्प्युटर सुविधा, १ हजार १२ माबिमा आइटी ल्याब स्थापना

देशभर सञ्चालित सामुदायिक विद्यालय मध्ये ११ हजार ३ सय ६६ अर्थात ४०.९ प्रतिशत विद्यालयमा कम्प्युटरको सुविधा पुगेको छ ।

सरकारले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा देशभर सञ्चालित सामुदायिक विद्यालय मध्ये ११ हजार ३ सय ६६ अर्थात ४०.९ प्रतिशत विद्यालयमा कम्प्युटर सुविधा पुगेको उल्लेख गरिएको छ ।

हाल देशभर २७ हजार ८ सय १३ सामुदायिक विद्यालय रहेका छन् । ११ हजार ३ सय ६६ विद्यालय मध्ये ६ हजार ६ सय ७६ विद्यालयले शिक्षण सिकाई क्रियाकलापमा सूचना प्रविधिको प्रयोग गर्दै आएका छन् ।

चालु आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म १ हजार १२ माध्यामिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आईटी ल्याब) स्थापना भएको छ ।