कीवर्डहरू -

१ लाख १५ हजार व्यक्तिलाई राष्ट्रिय परिचयपत्र वितरण

१ लाख १५ हजार व्यक्तिलाई राष्ट्रिय परिचयपत्र वितरण

सरकारले चालु आर्थिक वर्षको फागुनसम्म १ लाख १५ हजार व्यक्तिलाई राष्ट्रिय परिचयपत्र वितरण गरेको छ ।

सरकारले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा गत फागुनसम्म १ लाख १५ हजार व्यक्तिको राष्ट्रिय परिचयपत्र वितरण गरिएको उल्लेख छ ।

सरकारले चालु आर्थिक वर्षको फागुनसम्म राष्ट्रिय परिचयपत्र वितरणका लागि २२ लाख नागरिकको विवरण संकलन गरेको छ ।