कीवर्डहरू -

सबै जिल्लाका ६५५ स्थानीय तहमा नेपाल टेलिकमको फोरजी सेवा

सबै जिल्लाका ६५५ स्थानीय तहमा नेपाल टेलिकमको फोरजी सेवा

७७ जिल्लाका ६५५ स्थानीय तहसम्म नेपाल टेलिकमको फोरजी सेवा पुगेको छ ।

सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा सबै जिल्लाका ६५५ स्थानीय तहसम्म नेपाल टेलिकमको फोरजी सेवा पुगेको उल्लेख गरिएको छ ।

फोरजी सेवा २०७७ असारसम्म ४३७ स्थानीयतहसम्म विस्तार भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप २१८ स्थानीय तहमा सेवाको पहुँच विस्तार गरी सबै जिल्लाका ६५५ स्थानीय तहसम्म पुर्‍याइएको छ ।